बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
Prakat & Parijat News (1)
पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा र पारिजातको ८७ औं जन्मजयन्ती मनाएको छ।
अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार सुमल कुमार गुरुङले पारिजातको व्यक्तित्व स्मरण गर्दैदार्जीलिंगमा जन्मिएकी विष्णु कुमारी वाइबालाई जीवन्त राख्ने नाम पारिजात भएको बताए ।
उनले मदन पुरस्कार प्राप्त उनको उपन्यास शिरिषको फूलबाट नेपाली उपन्यास क्षेत्रमा नयाँ मोड आएको पनि स्मरण गरे ।
पारिजातका ३ कवितासंग्रह, १० उपन्यास, निबन्ध तथा कथा कृति प्रकाशित छन्।
कार्यक्रम संयोजक डा रूपक श्रेष्ठले प्रकट पंगेनी शिवको व्यक्तित्व चर्चा गर्दै ‘किन रोयौ भन तिमी मनको बलेसी’मा जस्ता चर्चित गीत, ‘साँझमा दियो बालिराख्यौ को आउँदैछ आज’ जस्ता शृङ्गारिक गजलका स्रस्टा पंगेनीलाई बहुप्रतिभाशाली सर्जकका रूपमा चिनाए ।
अभिनयमा पनि अब्बल पंगेनीले २०३८ सालमा सरुभक्तको ‘गोलार्धको कालो आकाश’ नाटकमा गरेको अभिनयका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानले उनलाई ‘सर्वश्रेष्ठ अभिनेता’ घोषणा गरेको इतिहाससमेत श्रेष्ठले स्मरण गरे। पोखरामा जीवन र जगतका लागि अक्षरयात्राका एकजना परिकल्पनाकार रहेकोसमेत चर्चा गरे । साथै उनले डा संगीता स्वेच्छाको ‘सेतो सिउँदो उपन्यासबारे चर्चा गर्दै श्रेष्ठले उपन्यास १८ वर्षको उमेरमा लेखिएको उपन्यासमा तत्कालीन नेपाली समाज र नारी मनोविज्ञानको यथार्थ चित्रण गरिएकोसमेत बताए।
२०१३ असोज २४ गते कास्की जिल्लाको तत्कालीन देउराली गाउँ पञ्चायत २ मा जन्मेका प्रकटका ‘यो मन कतै अल्झेको छ’, ‘जूनको चिठी जूनालाई’, ‘गीतिसंग्रह’, ‘प्रणय वेदका हृचाहरु’ गजलसंग्रह र अक्षरभरि अक्षता कवितासंग्रह प्रकाशित छन् । उनका बाँकी रचना गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने तयारीमा रहेको प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीबाट जनकारी प्राप्त भएको छ ।
सोही समारोहबीच डा संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष साबी श्रेष्ठको मुक्तकसंग्रह ‘अपरिभाषित आभा’को विमोचन गरिएको थियो।
उपन्यासकार डा संगीता श्रेष्ठ स्वेच्छाले आफ्ना पिताको प्रेरणाले सेन्ट जेभियर्स कलेजबाट आइएससी दिएर बसेको समयमा आफूले उक्त उपन्यास लेखेको स्मरण गरिन्।
समाजकी कोषाध्यक्ष प्रतिमा केसीले ‘सेतो सिउँदो’ उपन्यास नारीको संघर्षको बेजोड कथा भएको बताइन ।
कुमार केसीले साबी श्रेष्ठको ‘अपरिभाषित आभा’ विविध विषय समेटिएको मुक्तकहरुको संग्रह मोबाइल साइजको बनोट तथा मुक्तक अनुसारका रंगिन चित्रहरुको सजावटले कृति विशिष्ट भएको धारणा राखे ।
कार्यक्रममा प्रमुख अतिथि डा वीरेन्द्र अमात्य, अतिथि उर्मिला निर्दोषी, कुमार केसी, प्रेम खड्का, गङ्गा भण्डारी, जीत बुढाथोकी, विशन थापा, टेकबहादुर थापा, गोपी सापकोटा, बासुदेव सापकोटा, सारा देवी गुरुङ, माया गुरुङ, बिजय हितान, भोज बराल, प्रतिमा केसीलगायत सर्जकले रचना सुनाएका थिए।
समाजकी उपाध्यक्ष माया गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा बासुदेव सापकोटा, प्रेम खड्का तथा जीत बुढाथोकीलाइ समाजको आजीवन सदस्यतासमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव मन्जु भण्डारी र कुमार केसीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width