संसदीय पत्रकार मञ्चले गण्डकीले सदस्यता खुलाउने

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
parle journo logo

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीले सदस्यताका लागि आह्वान गर्ने भएको छ । मञ्च कार्यसमितिको सोमबार पोखरामा बसेको बैठकले संसदीय रिपोर्टिङमा क्रियाशील पत्रकारका लागि सदस्यता खुलाउने निर्णय गरेको हो । मञ्चको विधानको नियम ७ अनुसार योग्यता पुगेका पत्रकारले सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।

सदस्यता प्राप्त गर्न कुनै पनि पत्रपत्रिका, रेडियो, एफएम, टेलिभिजन, अनलाइन, र सञ्चार कार्यक्रम उत्पादन गर्ने मिडिया वा संस्थालगायतका कुनै पनि सञ्चारमाध्यममा आबद्ध रही संसदीय पत्रकारितामा क्रियाशील हुनुपर्ने प्रावधान छ । यसरी आवेदन गर्दा आफू कार्यरत सञ्चारमाध्यममा संसदीय विषयमा समाचार सम्प्रेषणका लागि क्रियाशील रहेको संस्थागत पत्र पेस गर्नुपर्ने छ । विधानको नियम ७ को छ मा भनिएको छ, ‘संसदीय सूचना सम्प्रेषणको काम गर्ने व्यक्तिले मञ्चको २ जना सदस्यको सिफारिससहित सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।’

आवेदन परेपछि सदस्यताको टुंगो कार्यसमितिको बैठकले लगाउने छ । मञ्चका अध्यक्ष भरत कोइरालाका अनुसार कार्यसमितिले नाम टुंग्याएपछि त्यसलाई साधारसभाबाट अनुमोदन गरिनेछ । संस्थाको साधारणसभा असारको दोस्रो साता बस्ने निर्णयसमेत बैठकले गरेको छ । जेठ १५ देखि २५ गतेभित्रमा सदस्यताका लागि आवेदन दिन सकिने र यसका लागि सूचना प्रकाशन गरिने मञ्चले जनाएको छ ।

यसैगरी संस्थामा आबद्ध सदस्यहरूको अन्तर प्रदेश भ्रमण तथा अनुभव आदानप्रदान जेठ १० देखि १५ सम्म गर्ने निर्णयसमेत बैठकले गरेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमण गरी त्यहाँका प्रदेश सभा, सरकारका प्रदाधिकारी र संसदीय पत्रकारसँग अन्तक्र्रिया गरिने संस्थाले जनाएको छ । साथै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) संसद सहयोग कार्यक्रमसँग भएको सम्झौताअनुसार कार्यक्रम सञ्चालनका लागि समेत बैठकले स्वीकृति दिएको छ । २०७५ सालमा स्थापित मञ्चमा हाल २२ सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width