‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
dharche kala
काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिका आयोजनामा स्थानीय खोर्लाबेंसीमा भएको ‘धार्चे चित्रकला कार्यशाला’ मा २० जना कलाकारले आफ्ना कलाकृतिमा पालिकाको लोकपरम्परा, परिवेश, प्रकृति, जीवनशैली, रीतिरिवाज, भूगोल, वास्तुकला र जीवनशैली तथा मुहार चित्र आदि विषयवस्तुलाई ‘क्यानभास’ मा उतारे ।
कार्यशालामा सिर्जना गरिएका ४० कलाकृति एक समारोहकाबीच प्रतिष्ठानका लोककला विभाग प्रमुख प्राज्ञ प्रदीप अधिकारीले गाउँपालिकालाई हस्तान्तरण गरे ।
 कार्यशाला अगाडि कलाकारहरूले पालिकाको कलासंस्कृति, जीनवशैली, रीतिरिवाज र भूगोग बुझ्न खोर्लाबेंसीदेखि हुलचुकसम्म भ्रमण गरेका थिए ।
सो अवसरमा उनले पालिकाको सम्पदालाई जीवन्त राख्न कलाकारले आफ्नो स्थानबाट योगदान दिएको र अब यी कलाबाटै गाउँको प्रचारप्रसार गर्न पालिकालाई सहज हुने धारणा राखे । अधिकारीले कलाकृतिलाई पर्यटनसँग जोडेर सङ्ग्र्रहालयको अवधारणा तयार गर्न पनि पालिकालाई सुझाव दिए । कलाकार दीपेन्द्रमान बनेपालीले धार्चे गाउँपालिकामा भरपुर पर्यटकीय सम्भावना रहेको आँैल्याउँदै आगामी दिनमा कला, संस्कृति र साहित्यका कार्यक्रमबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सुझाव दिए ।
गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले कलाकृतिलाई उचित संरक्षण गर्ने र आगामी दिनमा अझ बृहत् कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताइन् । उनले कार्यशालामा सहकार्य तथा समन्वय गरेकामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरिन् ।
कार्यशाला अगाडि कलाकारहरूले पालिकाको कलासंस्कृति, जीनवशैली, रीतिरिवाज र भूगोग बुझ्न खोर्लाबेंसीदेखि हुलचुकसम्म भ्रमण गरेका थिए
कार्यशालामा प्राज्ञ अधिकारी, मन गुरुङ, केशवराज खनाल, एनबी गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजु, डिबी राई, लीलाधर केसी, विके नरबहादुर, सुरेम देशार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रितम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ र कोपिला राईलगायतले कलाकृति सिर्जना गरेको गाउँपालिकाले जनाएको छ ।
गण्डकी प्रदेशअन्तर्गत गोरखाको उत्तरपूर्वी क्षेत्रमा धार्चे गाउँपालिका अवस्थित छ । धार्चे जिल्ला सदरमुकाम गोरखाबाट करिब ७२ किमी उत्तरपश्चिममा पर्दछ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वसाशित क्षेत्र तिब्बतसँग जोडिएको उक्त गाउँपालिकाको दक्षिणतर्फ आरुघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र पश्चिममा बारपाक सुलिकोट गाउँपालिका छन् ।
पर्यटन पदयात्रा तथा सांस्कृतिक, धार्मिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि धार्चे प्रसिद्ध मानिन्छ । कृषि तथा पशुपालन मुख्य मेरुदण्डका रूपमा रहेको धार्चे पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा पनि विकास हुँदै गइरहेको छ । गाउँपालिकाले पर्या–पर्यटन, साहसिक, सांस्कृतिक तथा धार्मिक पर्यटनलाई विशेष जोड दिई धार्चेमा रहेको विभिन्न समुदाय र उनीहरूको मौलिक संस्कृतिसँग सम्बन्धित चाडपर्व, जात्रा तथा नाचलाई विभिन्न माध्यमबाट प्रचारप्रसार गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width