नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
shanti upnyas

पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कृतिको लोकार्पण गर्दै प्राडा कुसुमाकर न्यौपानेले आदर्श व्यक्तिका बोली र व्यवहारबाटै समाज लाभान्वित हुँदै आएको बताए ।

मानव जीवनलाई कसरी खुसी र सुखी राख्न सकिन्छ भनेर सदा चिन्तनमा लागिरहने शिक्षासेवी भट्टलाई एक आदर्श व्यक्तिŒव भएको उनले उल्लेख गरे ।

नेपाली साहित्य र संरक्षणमा बाटुलेचौरको ठूलो भूमिका रहेको चर्चा गर्दै डा. न्यौपानेले यहँ अनगिन्ती प्रतिभाहरू मुस्कुराई रहेको बताए ।

कृतिको समीक्षा गर्दै प्राडा. श्रीधर न्यौपानेले दुखद् घटनाबाट उपन्यास सिर्जना भएको उल्लेख गर्दै पाको उमेरमा गहन कृति आएको दाबी गरे ।

स्रष्टाको परिचय प्रस्तुत गर्दै सञ्चारकर्मी रामप्रसाद पौडेलले शिक्षासेवी, साहित्य सेवी र समाजसेवीका रुपमा भट्टराईले ठूलो योगदान दिएको बताए ।

कृतिकार भट्टराईले एक अबोध बालिकाले भोग्नुपरेको पीडाबाट उपन्यास सिर्जना भएको जानकारी दिए ।

त्यस अवसरमा पोखरा १६ का पूर्व वडाध्यक्ष जीवन आचार्य, प्रतिष्ठानका संरक्षक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, कुलबहादुर खत्रीलगायतले बोलेका थिए ।

प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गीता भण्डारीले स्वागत र सचिव दीपेन्द्र बानियाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width