पोखरा ५ पूर्णखोप सुनिश्चित वडा घोषणा

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
pokhara-5 khop

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । पोखरा महानगर सहरी स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तथा पूर्णखोप कार्यक्रम संयोजक तेजाखर लम्सालले वडाध्यक्ष विष्णुप्रसाद बराललाई प्रमाणपत्र हस्तान्तरण गरेपछि पूर्णखोप सुनिश्चित वडा घोषणा भएको हो ।

सहरी स्वास्थ्य केन्द्र पोखरा–५ द्वारा आयोजित कार्यक्रममा वडाध्यक्ष बरालसहित सहभागीले पूर्णखोप सुनिश्चितता ब्यानरमा हस्ताक्षर गरेका थिए ।

केन्द्र इन्चार्ज गणेश खड्काका अनुसार १६ देखि ५९ महिनाभित्रका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाइएको छ । वडामा १ हजार ४ सय ३० खोप लगाउने लक्ष्य राखिएकोमा १ हजार ५ सय ४० बालबालिकालाई खोप दिइएको उनले जानकारी दिए ।

वडाध्यक्ष बरालले समयसीमा भित्रै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सम्भव भएको भन्दै यस अभियानमा सघाउने सबैप्रति आभार व्यक्त गरे ।

सहरी स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक लम्सालले पोखराका २६ वटा वडामा पूर्णखोप सुनिश्चितता घोषणा भइसकेको बताए । उनले बाँकी वडामा पनि छिट्टै घोषणा हुने दाबी गरे । अहिले पनि खोज र खोप भन्ने अभियान सञ्चालन भइरहेको भन्दै छिट्टै महानगर पनि पूर्ण खोप सुनिश्चित पालिका हुने जानकारी दिए ।

सहरी स्वास्थ्य केन्द्र पोखरा–५ व्यवस्थापन समिति संयोजक एवं वडा सदस्य कल्पना भुवाँजीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बदनकुमारी शर्मा, स्वास्थ्य स्वयंसेवी संयोजक गोमा सोती, केन्द्रकी कमला गौतमलगायतले बोलेका थिए ।

केन्द्रले दिएको जानकारीअनुसार आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन हुनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।

महानगर जनस्वास्थ्य निरीक्षक लम्सालका अनुसार पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइनेछ ।

उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।

सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले ३२ करोड रुपैयाँ बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width