पोखरा २९ पूर्ण खोपयुक्त वडा

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
pokhara 29 news

लेखनाथ । पोखरा २९ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । वडाले चालु आर्थिक वर्षको १५ महिनामा वडाभित्र रहेका १६ देखि ५९ महिनाका ७ सय १८ जना र १५ महिनासम्मका २ सय ८ बालबालिकाको लागि आवश्यक पर्ने १३ प्रकारका खोपको मात्र पूरा गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक महेन्द्र गुरुङले वडाध्यक्ष श्रीप्रसाद गुरुङलाई पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा सबै बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राख्दै रोग लाग्नुपूर्व नै होसियारी अपनाउन पनि आग्रह गरे ।

राष्ट्रिय खोप अभियानलाई सफल पार्न स्वाथ्यकर्मीदेखि स्वयमसेवीकाले गरेको योगदानको उच्च कदर गर्दै सरकारले वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउँदै आएको र समयमा नै सबै बालबालिकालाई अनिवार्य रुपमा खोप प्रदान गर्नका लागि स्वाथ्य निरीक्षक गुरुङले अनुरोध गरे । वडाध्यक्ष गुरुङले बालबालिकाको मृत्युदर कम गर्न र भोलिका बच्चा कसरी निरोगी बनाउन सकिन्छ भन्नेबारेमा वडा चिन्तनशील भएकाले यसमा सबैको साथ र सहयोगको आवस्यकता रहेको बताए ।

कार्यक्रममा सहरी स्वाथ्य केन्द्रका प्रमुख विशाल पौडेल, वडासचिव दुर्गा न्यौपाने, खोप समन्वय समिति सदस्य वावुराम सुवेदी, कार्यपालिका सदस्य निर्मला पौडेल, वडा खोप समन्वय समिति पोखरा–२९ फोकलपर्सन सावित्रा लामिछाने, ब्यवस्थापन समिति सदस्य चेतबहादुर गुरुङले बच्चादेखि आमाको स्वास्थ्यलाई समेत ख्यालमा राख्दै स्वास्थ्य परामर्श र घरघरमा पुगेर समयमा नै खोप लगाउन सफल भएको बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width