स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
steep by steep

पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ । निर्वाचन प्रणालीबारा सिक्ने सिकाउने उद्देश्यले प्रत्यक्ष निर्वाचन गरी कार्यसमिति गठन गरिएको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी तीनै सर्कलको पुनर्गठन गरिएको हो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा आयुष पौडेल, उपाध्यक्ष आयुषा थापा, सचिव मेलिना पुन, कोषाध्यक्ष सुविन गुरुङ निर्वाचित भए । सदस्यहरु आइशा थापा, आकृति सापकोटा, अविरल कुँवर, दृश्ना गिरी, प्रिशा गौतम र सुविधा लामिछाने निर्वाचित भएका छन् । शिक्षक नायकको जिम्मेवारी लक्ष्मणप्रसाद भण्डारीलाई दिइएको छ ।

वसन्ती बरालको अध्यक्षतामा गठित क्वालिटी सर्कलको उपाध्यक्ष दीक्षा दर्जी, सचिव रोशन पाठक र कोषाध्यक्ष आयुशा लामिछाने चुनिएका छन् । सदस्यहरू एलिना मगर, अरुण तिवारी, आरोग्या श्रेष्ठ, विनायक गुरुङ, रोमन्शन गिरी, युनिक बर्तौला र युशिन गुरुङ निर्वाचित भए । शिक्षक संयोजक मेघनाथ गिरी रहेका छन् ।

ग्रो सर्कलको अध्यक्षमा सुदेस्ना पौडेल निर्वाचित भएकी छिन् भने उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सुमित तिमिल्सिना, उज्जल भट्टराई र प्राप्ती पराजुली निर्वाचित भए । सदस्यहरू अन्मोल गुरुङ, एन्जिला श्रेष्ठ, दिपीन क्षेत्री, निरेश क्षेत्री, पेलोरीका तिमिल्सिना, सौरभ भण्डारी र साक्षी हमाल निर्वाचित भएका छन् । शिक्षक कोडिनेटरको जिम्मेवारी विवेक गौतमलाई दिएको छ ।

संस्थापक प्राचार्य तथा सर्कलका संरक्षक निर्मला बरालले विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्ने, सेवाको भावना जागृत गर्ने र विद्यार्थीमा सक्रियता बढाउने उद्देश्यले सर्कलहरू गठन गरिएको बताइन् । कार्यक्रममा संस्थापक निर्देशक रमाकान्त बराल, सहप्राचार्य दीपक गिरी र विद्यालय संयोजक सूर्यप्रसाद लम्साललगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width