बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई, ३ ट्याक्टर फोहर संकलन

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०८१
barahi team a

पोखरा ।  बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा अवस्थित बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ ।

लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

लजले यस खालको सरसफाइ हरेक बर्ष गर्दै आइरहेको थनेतले बताए । रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।

रिसोर्टले वातावरण संरक्षणलाई विशेष जोड दिएकाले ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको (आउटस्ट्याण्डिङ प्राक्टिस) बिधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ ।

हालै ‘आइएसओ-१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस) सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ।

चितवन मेघौलीमा रापती नदी किनारमा रहेको लज जंगल थीममा बनेको छ ।

१२ हेक्टर भूभागमा विस्तार भएको यस लज परिसरमै बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा गैडा, बाघ,भालु, गोहि लगायत विभिन्न प्रजातीका जरायो र पंछीहरु रमाएको दृश्यावलोकन गर्न सकिन्छ ।

सन् २०१३ देखि सञ्चालनमा आएको यस रिसोर्ट वातावरणीय दृष्टिकोणले पनि निकै नै मनमोहक छ । यहाँ पुग्ने जोकोहीलाई त्यहाँको दृश्य तथा बोटविरुवाको छहरीले ताजा बनाइदिन्छ ।

Related News

सम्बन्धित समाचार

  • वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य रुपमा अघि बढाउनुपर्नेमा…
  • कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    स्याङ्जा । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमनसम्बन्धी आवश्यक ऐन, कानुन निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले स्याङ्जा…
  • हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाइकिङ भाग ४६ को अवसरमा कालाबाङ घरेडी सामुदायिक होमस्टेको प्रवद्र्धन गरेको छ ।…
  • ‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै…
  • होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय होम स्टे महासंघ आयोजनामा सातदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा उद्योग, पर्यटन,…

hero news full width