पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
Fewa tal ma las

पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन २ जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी २ छुट्टाछुट्टै घटनामा ती बालकले अकालमा ज्यान गुमाएका हुन् ।

पोखरा १८, खपौदीस्थित हर्पनखोलामा पौडी खेल्नेक्रममा स्याङ्जा स्थायी घर भई हाल पोखरा ५, मालेपाटन निवासी सोनम सुवेदीको ज्यान गएको हो । १५ वर्षीय साथी सञ्जय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए ।

आइतबार दिउँसो सोनम डुबेको थाहा पाएपछि उद्धारका लागिएको प्रहरी टोलीले उनलाई दिउँसो २ बजेर २४ मिनेटमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले बताए । पारिवारिक स्रोतका अनुसार सोनमले भर्खरैमात्रै अमरसिंह माविबाट एसइई परीक्षा दिई बसेका थिए ।

उता, पोखरा १७, पावरहाउस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १७ वर्षीय सुप्रिम पौडेलको ज्यान गएको हो । जनप्रिय मावि कक्षा १० अध्ययनरत उनी पोखरा नागढुंगा निवासी हुन् । सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको विशेष विपद् उद्धार तथा गोताखोर विपद् टोलीले युवकको उद्धार गरेको थियो । दुवै शव गण्डकी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width