सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
sita

सीताकुमारी सुन्दास

पोखरा । विवादका बीच विश्वासको मत पाएका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गरेका छन् ।

उनको यसअघिको क्याबिनेटमा रहेका सीता सुन्दास र बेदबहादुर गुरुङलाई उनले मन्त्री बनाएका हुन् । सीतालाई सामाजिक विकास तथा स्वास्थ्य र बेदबहादुरलाई उर्जा तथा खानेपानी मन्त्रालयको जिम्मा उनले दिएका छन् ।

सुन्दास यसअघि आर्थिक मामिला र बेदबहादुर कृषि मन्त्री थिए । दुवैजना मुख्यमन्त्री अधिकारीका निकै नजिकका हुन् ।

आजै साढे ४ बजे प्रदेश प्रमुखले उनीहरुलाई पोखरा सभागृहमा शपथ खुवाउने तय भएको छ ।

आइतबार प्रदेश सभामा विश्वासका लागि ३० मत पाएका अधिकारीलाई  समामुख कृष्णप्रसाद धितालले बहुमत पाएको भनी घोषणा गरेका थिए । ६० सदस्यीय सभामा ३० ले बहुमत नपुग्ने भन्दै कांग्रेसले विरोध गरेको छ ।

अधिकारी चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिविरुद्ध कांग्रेसले दायर गरेको रिट सर्वाेच्चले खारेज गरिदिएपछि अधिकारी सरकारले विश्वासको मत लिएको हो ।

अधिकारीले माअाेवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएर मन्त्रालयको जिम्मेवारी समेत दिइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width