भलिबलमा अटल हिमाल

धनबहादुर गुरुङ
वैशाख २३, २०८१
Himal Sunari 3

पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले त चिन्छन् नै नचिनेकाले सोधिहाल्छन्, यो एक नम्बरे खेलाडी को रहेछ? टिमका लागि संकट पर्दा धारिलो क्विक स्पाइकमार्फत् अंक बटुल्ने खेलाडी हुन्, हिमाल सुनारी मगर ।

उनी यसपटक नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट पुरुष खेलाडी विधाको नोमिनेसनमा परेका छन् । भलिबललाई आफ्नो प्राण ठान्ने उनी हरेक प्रतियोगितामा हिमाल झंै अटल रहन्छन् । खेलले जस्तो मोड लिओस् तर, उनी आफ्नो क्विक स्पाइकमा अडिग रहन्छन् ।

भलिबल ‘टिम गेम’ भएकाले गण्डकी प्रदेशमा उनको छिटोछरितो स्पाइकको जबरजस्त महत्व रहेको छ । गण्डकी प्रदेशबाट खेल्ने हिमालको जन्म २०५५ मंसिर २० गते पाल्पाको निस्दी गाउँपालिका ४ मा भएको हो । उनको सानैदेखि भलिबलमा औधि रुचि थियो । दाइ होमबहादुर सुनारीको पछिपछि झुम्राको बल लिएर हिँड्दाहिँड्दै उनी पनि भलिबल खेलाडी भए । ‘गाउँमा दाइहरूले खेलेको देखको हो । अनि उहाँहरुसँगै पछि लागेर हिँड्दाहिँड्दै खेलाडी भइयो,’ उनले भने, ‘दाइहरूकै छत्रछायामा खेलेर अहिले यहाँसम्म आएको हुँ ।’

सुरुमा ओपन स्पाइकरको भूमिकामा रहेका हिमाल क्लबस्तरीय प्रतियोगिता खेल्ने बेलासम्म क्विक स्पाइकर भइसकेका थिए । सानैदेखि टोल, गाउँ, विद्यालय, पालिका हुँदै जिल्लास्तरीय प्रतियोगिता खेलेका उनी ६ वर्षअघि नवलपुरको जिएम समाजसँग जोडिए । यस समाजबाट भलिबल प्रतियागितामा सहभागिता जनाउन पाइने भएपछि उनी त्यता हानिएका थिए ।

जिमएम समाजमा जोडिनुअघि नै उनी नवलपुरको बौदीकाली ४ आमडाँडामा बस्न थालेका थिए । समाजबाट विभिन्न स्थानमा भलिबल खेल्दै गर्दा गण्डकी भलिबल टिमका कप्तान हरि पाण्डे, घनश्याम चौधरी, राजन दर्लामीमगरको नजर प¥यो । हिमालले उनीहरुसँगै विभिन्न प्रतियोगिताहरू पनि खेलेका थिए ।

सोही क्रममा पोखरामा दोस्रो टाइगर कपको तयारी चल्दै थियो । गण्डकीको प्रशिक्षकमा रमेश केसी र भलिबल संघको पदाधिकारीमा नवीन गुरुङ थिए । प्रदेश टिमको तयारीका लागि हरि, घनश्याम र राजनले हिमालको नाम र खेल प्रतिभाबारे प्रशिक्षक केसीलाई सुनाए । तुरुन्तै पदाधिकारी गुरुङसँग सल्लाह गरी हिमाललाई प्रशिक्षणमा पोखरा बोलाइयो ।

प्रशिक्षणमा राम्रो गरेका कारण उनी गण्डकीको टिममा परे । उनले २०७८ सालमा दोस्रो टाइगर कप पनि खेले । त्यो प्रतियोगितामा गण्डकीले उपाधि त जित्न सकेनन् तर, हिमालको क्विक स्पाइकले सबैको ध्यान तानेको थियो । त्यति बेलादेखि नै हिमाल गण्डकीको क्विक स्पाइकको भविष्यका रुपमा देखा परेका थिए । त्यसपछि उनी निरन्तर गण्डकीको टिममा छन् ।

दोस्रो टाइगर कपमा उपाधिविहीन बनेको गण्डकीले तेस्रोमा भने उपाधि नै उचाल्यो । त्यो समयमा हिमालको खेल उत्कृष्ट थियो । त्यसपछिको उनको गण्डकी प्रदेश भलिबल यात्रा निरन्तर छ । २०८० साल उनको लागि निकै उपलब्धिमूलक रह्यो । गण्डकीले सहभागिता जनाएको धेरैजसो प्रतियोगितामा उपाधि हात पा¥यो ।

उनको उत्कृष्ट प्रदर्शनमा चितवनमा भएको अन्तर प्रदेशस्तरीय खेलकुदमा भलिबलतर्फ गण्डकीले स्वर्ण पदक हात पा¥यो । त्यहाँ हिमाल सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । यस्तै पोखरामै भएको लामाचौर कप, मुख्यमन्त्री कप (झापा) र वीरगन्ज कपमा गण्डकी प्रथम भयो ।

पोखरा भएको चौथो टाइगर कपमा गण्डकी दोस्रो बन्दा उनले उत्कृष्ट सर्भरको पुरस्कार हात पारे । कञ्चनपुरमा भएको मुख्यमन्त्री कप, बुटवलमा भएको मणिमुकुन्द कप, संखुवासभामा भएको सभामुख कपमा गण्डकी द्वितीय भयो । यस्तै, ३४ औं राष्ट्रिय खेलकुद भलिबल र नवलपुरमा भएको जिएम कपमा तेस्रो बनेको गण्डकी एनभिए कप र बागलुङमा भएको बुकी कपमा चौथो बन्यो । उनले जिल्ला तथा पालिकास्तरीय प्रतियोगिताहरू पनि जितेका छन् ।

गण्डकीले सहभागिता जनाएको प्रतियोगितामा उनी संखुवासभामा भएको मुख्यमन्त्री कपमा भाग लिन पाएनन् । स्याङ्जा चापाकोटमा भएको स्व. सन्तोष स्मृति कपमा नवलपुरबाट खेल्ने क्रममा घाइते भएपछि उनले त्यो प्रतियोगिता गुमाएका थिए । ‘घाइते भएकाले मैले संखुवासभामा भएको मुख्यमन्त्री कप गुमाएँ,’ उनले भने, ‘म खेल्न नगए पनि साथीहरू खेलेको युट्युबमा हेर्थें । गण्डकी प्रदेश सेकेन्ड भएको थियो । म भएको भए केही हुन्थ्यो कि भन्ने सोच्थें । फाइनलमा पुगेर हार्दा साह्रै नमज्जा लाग्ने रहेछ ।’
उनी २०८० सालमा दुवै र मलेसिया भलिबल खेल्नकै लागि पुगे । तनहुँ सेवा समाजको निमन्त्रणामा दुबै र सगरमाथा क्लबको निमन्त्रणामा मलेसिया पुगेका थिए । त्यहाँ पनि उनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

लोभलाग्दो अनि महŒवपूर्ण प्रर्दशनका कारण पनि उनी पोखरा स्पोर्ट्स अवार्डको मनोनयनमा परेका हुन् । प्रदेशभरबाट मनोनयनमा पर्दा खेल क्षेत्रमा लाग्ने अझै प्रेरणा मिलेको उनले बताए । खेल क्षेत्रबाट पैसा कमाउन नसके पनि नाम कमाएको उनको भनाइ थियो । अबको लक्ष्य भनेको राष्ट्रिय टिमबाट खेल्नु रहेको उनले सुनाए ।

भलिबल करियरमा परिवारबाट राम्रो साथ पाएका हिमाल भलिबलमा अझ राम्रो गर्ने सोचमा छन् । दिदी विदेश भएकाले पनि घरको आर्थिकभार आफूमाथि नपर्दा निकै सहज भएको उनी सुनाउँछन् । तर, कहिलेकाही नेपालमा खेलेर मात्र केही हुँदैन भन्ने सोच पलाएर विदेश हानिने योजना पनि बुन्छन् ।

खेल क्षेत्रमा सक्ने बेलासम्म हाइहाइ हुने नसकेपछि बाइबाइको अवस्था देखेर केही महिना पहिले त उनले विदेशको प्रक्रिया पनि अघि बढाएका थिए । स्थानीय, प्रदेश र संघ सरकारले खेलाडी नेपालमै टिकाइराख्ने योजना बनाउनुपर्ने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width