छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
chhanda

पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको छ ।

पुरस्कार प्रदान गर्दै साहित्यकार पिताम्बर नेपालीले नेपाल सरकार, पन्चांग निर्णायक समितिमार्फत ८ वैशाखलाई छन्द दिवस घोषणा गराउन छन्दनायक माधव वियोगीले धेरै कसरत गरेपछि मात्र सम्भव भएको स्मरण गरे । सत्पात्रलाई प्रतिष्ठानले पुरस्कृत गरेकोमा प्रसन्नता जनाउँदै छन्दवादी र छन्दका शुभचिन्तकका लागि एउटा महान् उपलब्धि छन्द दिवस पनि भएको जनाए ।

छन्द बचाऊँ अभियान–२०५३ का नायक वियोगीले साहित्यकार एवं वाङ्मयसेवीका लागि मात्र नभएर सम्पूर्ण सर्वसाधारणका लागि पनि यो दिवस एक महोत्सव भएको बताए । उनले छन्द दिवस र छन्द अभियान अब सबैका साझा सम्पत्ति भएको बताउँदै आफू छन्द विश्वविद्यालय स्थापनामा लागेको सुनाए ।

आसपासमा रहेका हरेक बस्तुमा छन्द भए पनि छन्द सही तवरले प्रयोगमा आउन नसकेको उनले बताए । उनले छन्दले सभ्यता र संस्कृतिको समेत प्रतिनिधित्व गर्ने बताउँदै नेपाली कवितामा छन्द प्रयोगको अवस्था अत्यन्त कमजोर भएको अवस्थामा बृहत्तर आन्दोलनको आवश्यकता महसुस गरी आफूले पोखराबाट राष्ट्रव्यापी आन्दोलनका रूपमा छन्द बचाऊँ अभियान–२०५३ सञ्चालनमा आएपछि छन्द जीवनशैली र कविता दुबैमा प्रयोग व्यापक भएको जनाए ।

पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पदमराज ढकाल र लोकगायिका हरिदेवी कोइरालाले छन्दवादी र छन्दप्रेमीले आ–आफ्नै किसिमले संस्था खोल्ने, छन्द प्रशिक्षण दिने, गोष्ठीहरू गर्ने लगायतका कार्यक्रम गर्न थालेपछि छन्दको पुनर्जागरण विश्वव्यापी रूपमा पर्दै गएको बताए । छन्द बचाऊँ वाचनकला पुरस्कार ग्रहण गर्दै शिव त्रिपाठीले आफू जीवनभर कविता वाचन र लेखनमा लाग्न पुरस्कारले प्रोत्साहन गरेको जनाए । समजसेवी झपिन्द्रराज रेग्मी, विश्वबन्धु पोखरेल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले शुभकामना मन्तव्य दिएका थिए ।

कृष्ण चापागार्इँ, ऋषिकेश बराल, ध्रव बराल, लक्ष्मण गौतम, नारायण घिमिरे, निर्मला अर्याल, सुयोग संयोग, आर्या त्रिपाठी, रूद्रबहादुर थापालगायतले कविता वाचन गरेका थिए । संस्थाका उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठानका प्रमुख संरक्षक सरिता घिमिरे र सञ्चालन कोषाध्यक्ष छन्दिका त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width