सबीको अपरिभाषित आभा लोकार्पित

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
Aparivasit Aava- Bimochan

काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले प्रकाशित गरेको मुक्तक कृति पकेट साइजमा मल्टिकलरमा सचित्र छापिएको छ । पुस्तकमा १०१ मुक्तक समेटिएका छन् ।

बेलायत हुँदै पोर्चुगल पुगेकी मुक्तककार श्रेठले घरदेश आएको मौका छोपी सो कृति प्रकाशन गरेकी हुन् ।

लोकार्पण समारोहमा प्रमुख अतिथि उषा शेरचन लगायतले कृति लोकार्पण गरिन् । शेरचनले अहिले साहित्यमा नेपाली नारी स्रष्टाको उत्साहवद्र्धक उपस्थिति रहेको बताउँदै कृतिकारलाई बधाई दिइन् ।

शेरचनले कृतिकार श्रेष्ठलाई नेपाली मुक्तकलाई विश्वव्यापीकरण गर्नमा योगदान दिएको भन्दै सम्मान पत्रसमेत प्रदान गरिन् । विशेष अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले नेपाली मुक्तकको लोपप्रियता विश्वव्यापी बन्दै गएको बताए ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक कवि/कलाकार रमेश पौडेलले प्रकाशनमा नयाँ आयाम दिँदै प्रकाशनलाई प्राज्ञिक संस्थाको रूपमा विकास गर्दै लैजाने जानकारी दिए ।

कृतिका समीक्षकद्वय डा. रमेश शुभेच्छु र भारती न्यौपानेले मुक्तककार श्रेष्ठले भावुक मनका चोटिला अभिव्यक्ति चतुष्पदीय शैलीमा प्रस्तुत गरेको बताए ।

कृतिकार सबी श्रेष्ठले २ दशकको मुक्तक साधनाले मूर्तरूप लिएको बताउँदै अतिथि सबैलाई मायाको चिनो प्रदान गरिन् ।

लोकार्पित कृतिबाट मुक्तककारहरू कल्पना काफ्ले, मीना चौलागाईं र सन्तोष अम्गाईंले मुक्तक वाचन गरेका थिए । मुक्तककार सीता रिजालको सूत्रधारीमा सञ्चालित समारोहमा साहित्यकार र साहित्यानुरागीको ओजपूर्ण उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width