लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०८१
mira rana

पोखरा । गायिका मीरा राणा र संगीतकार प्राडा धु्रवेशचन्द्र रेग्मीलाई लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा २/२ वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।

केन्द्रको बैठकले नेपाली संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुु¥याएकोमा वर्ष–२०७८ बाट गायिका राणा र शास्त्रीय संगीतमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा वर्ष–२०८० बाट संगीतकार प्राडा रेग्मीलाई पुरस्कार दिने निर्णय गरेको हो । उक्त पुरस्कार आगामी १२ जेठमा एक समारोहबीच पुरस्कृत गरिने केन्द्रले जनाएको छ ।

केन्द्रका संस्थापक अध्यक्ष लालबहादुर ढेवाजूूको स्मृतिमा उनकी धर्मपत्नी चण्डेश्वरी ढेवाजूले अक्षयकोष खडा गरी ‘लालबहादुर ढेवाजुु स्मृति संगीत पुरस्कार’ सञ्चालन गर्ने जिम्मेवारी केन्द्रलाई दिएको थियो । सोहीबमोजिम २०५५ सालदेखि उक्त पुरस्कार वितरण हुँदै आएकोमा सरोजगोपाल बज्राचार्य, कल्याण शेरचन, बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजू, धनबहादुर गायक र श्यामलाल श्रेष्ठ सम्मानित भइसकेका छन् ।

पुरस्कार संस्थापक चण्डेश्वरी ढेवाजुुको निधनपछि उनका छोरीहरु सरस्वती श्रेष्ठ र विजयालक्ष्मी मल्लबाट आफ्ना पितामाता दुवैको स्मृतिमा ९ लाखको अक्षयकोष खडा गरी ‘लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार’ गठन गरी २०६९ बाट यो पुुरस्कार प्रदान गरिँदै आएको केन्द्रका अध्यक्ष गौतम विजुक्छेले बताए । त्यसयता नेपाली संगीतका शिखरपुरुष अम्बर गुरुङ, सुप्रसिद्ध गायक तथा संगीतकार दीप श्रेष्ठ, सुप्रसिद्ध संगीतकार रञ्जित गजमेर र नृत्यांगना÷अभिनेत्री मिथिला शर्मा सम्मानित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • अम्बिकाले ल्याइन् ‘आमाको मन’

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । मातातीर्थ औंसीको अवसरमा गायिका अम्बिका भण्डारीको नयाँ गीत बजारमा आएको छ । केही वर्षअघि आमा तथा यही वैशाखमा…
  • स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । ‘रेशम फिरिरी’ गीतका गीतकार एवं सर्जक बुद्धि परियारको स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले…
  • गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ गम्भीर बिरामी भई अस्पताल भर्ना भएका छन् । जण्डिस र निमोनियाबाट पीडित उनको…
  • पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पत्रकार अमृत पौडेलको शब्दमा नयाँ गीत ‘दिलमा रोप्यौ तिर’ दोहोरीगीत सार्वजनिक भएको छ । माछापुच्छ्रे मिडिया नेटवर्कले निर्माण…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …

hero news full width