गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०८१
prakat

पोखरा । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ गम्भीर बिरामी भई अस्पताल भर्ना भएका छन् ।

जण्डिस र निमोनियाबाट पीडित उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारजनले जनाएको छ । सोमबार स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल लगिएको उनका भतिज प्रज्वल पगेनीले बताए । ६७ वर्षीय प्रकट पगेनी शिव कास्कीको रुपा गाउँपालिकाका हुन् ।

आर्थिक अभावसँगै उपचारमा मोटो रकम लाग्ने भएपछि सहयोग अपील गरिएको छ । उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

पोखरेली सांस्कृतिक परिवारले २५ हजार राखेर उपचार कोष स्थापना गरेको अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width