पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
amrit

पोखरा । पत्रकार अमृत पौडेलको शब्दमा नयाँ गीत ‘दिलमा रोप्यौ तिर’ दोहोरीगीत सार्वजनिक भएको छ । माछापुच्छ्रे मिडिया नेटवर्कले निर्माण गरेको गीतमा अमृतसहित शेरबहादुर गुरुङ र सरस्वती गुरुङको सुमधुर स्वर छ ।

मायाप्रेममा बिछोडिएका प्रेमिल जोडीको पीडा र वेदना समेटेर तयार पारिएको वियोगान्त गीतलाई श्रीराम पौडेल (निर्दोष) ले संगीत भरेका हुन् । गीतको लिरिकल भिडियो नयाँ पुस्ता एचडीको युट्युब च्यानलमा हेर्न सकिन्छ । १३ वर्षअघि नमस्ते पोखरा स्टुडियोमा रेकर्डेड गीत अमर न्यौपानेले रेर्कडिङ तथा सम्पादन गरेका हुन् ।

लामो समयदेखि पत्रकारितामा आबद्ध पौडल हाल नयाँ पुस्ता डटकममा प्रधान सम्पादक छन् । उनी नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश सचिव हुन् । उनका यसअघि लोकदोहोरी गीत ‘पार्‍यौ बन्धकी’, ‘दुःख पाको छु’ बजारमा आइसकेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width