विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
School T 20

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि नगर स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकाली माविलाई ४३ रनले पराजित ग¥यो । पहिला ब्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा सुशीला दिमदुङको अभिजित १० रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

प्रत्युत्तरमा भद्रकालीको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो । भद्रकालीलाई अल आउट गर्ने क्रममा प्लेयर अफ द म्याच समेत बनेकी रचना चौधरीले ५ विकेट लिइन् । त्यस्तै, सुशीला र अंकिता ठकुरीले समान २ तथा सुनिला रानामगरले १ विकेट लिइन् । भद्रकालीका लागि विशाखा महर्जनले १२ रन बनाइन् ।

यसअघि आयोजक समितिका सदस्य सचिव सुवास खड्काले एम्पायरलाई बल हस्तान्तरण तथा बलिङ र मुख्य प्रायोजक कंगारु एजुकेसन फाउन्डेसनका निर्देशक टिआरकाफ्लेले ब्याटिङ गर्दै प्रतियोगिताको सुरुआत गरेका थिए । प्रतियोगिता संयोजनकर्ता महानगर क्रिकेट समितिका अध्यक्ष वीरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोविन्द प्रधानले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय माविको छात्र/छात्रा सडक दौडमा ४४ विद्यालय सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय माविले शनिबार जिल्लास्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्दैछ । शनिबार बिहान…
  • महेन्द्रपुल यु–२३ बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लब आयोजनामा पहिलो पटक यु–२३ खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा…
  • अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ सुस्मिता थापामगर र पुरुषतर्फ अर्जुन कुमालले हात पारेका छन् ।…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…

hero news full width