आगलागीले सुन्तलाको बगैंचा सखाप

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०८१
syangja aaglagi (1)

स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ ।

हालैको आगलागीले पुतलीबजार ११ स्थित करेन्डाँडा आसपासमा सुन्तला, कफीलगायत फलफूल गरी सवा करोड मूल्य बराबरको क्षति पुगेको हो ।
वडा कार्यालयका अनुसार ४ हजार ९ सय ७७ वटा सुन्तला फल्दै गरेका र २ हजार ६ सय ७४ वटा हुर्कंदो अवस्थाका बिरुवा जलेका हुन् । ठूला र साना गरी ५ हजार कफीका बोट जलेका छन् ।

वडा ११ का अध्यक्ष मनोज पौडेलका अनुसार आगलागीबाट २ जना घाइते छन् । साथै ३ वटा घर पूर्णरुपमा जलेको, एउटा गोठ तथा धनसार, एउटा परालको टौवा, झण्डै १३ हजार मिटर पाइप जले भने सयौं रोपनी वनजंगल तथा अन्य अन्नबाली, लत्ताकपडा, गरगहना, पैसा र मानवीय क्षति भएको छ ।’ हेर्दाहेर्दै एकै दिन वडाका करोडौंका सम्पत्ति जलेर नष्ट भएको उनले सुनाए ।

यस वर्ष स्याङ्जामा झण्डै २ हजार हेक्टरमा आगलागी भएको छ । आगलागीका कारण समग्रमा १ जनाको ज्यान गएको छ भने ४ जना घाइते छन् । झण्डै डेढ दर्जन घर गोठ जलेर नष्ट भए ।

एउटै वडाका १३ हजार सुन्तला र कफीका बोट जलेका हुन् । अधिकांश घटना कँुडो पकाउँदा र खेतबारीमा सुकेका झारपात (पातपतिंगर) जलाउने क्रममा भएका छन् ।
बिरुवा गाउँपालिका ७, कुमेरदुङका ७४ वर्षीया रामसरी गुरुङको आगोमा जलेर मृत्यु भयो । वैशाख ६ गते दिउँसो लागेको आगो निभाउने क्रममा आगोमा जलेर घटनास्थलमै ज्यान गएको हो ।

घाइते हुनेमा करेन्डाँडाकी गीता जिटी, कालीगण्डकी गापाकी ५९ वर्षीय राधिका न्यौपाने र छोरी नाता पर्ने रीमा न्यौपाने, पुतलीबजार नगरपालिका १३ का ७२ वर्षीय डासी कोइराला छन् । उनीहरू सबै आगो निभाउने क्रममा घाइते भएका हुन् ।

आगलागीका कारण यस वर्ष स्याङ्जाका १ सय १३ स्थानका १ हजार ८ सय ८ हेक्टर क्षेत्रफलमा आगजनी भएको वन अधिकृत अमरबहादुर पराजुलीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width