एनप्याब्सनका १२ सय शिक्षकलाई तालिम

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
npbason

पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजनामा शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

दुई दिनसम्म चल्ने उक्त तालिममा एन प्याब्सनमा आबद्ध मन्टेसरीदेखि कक्षा १२ सम्मका १ हजार २ सय शिक्षकको सहभागिता छ ।

एन प्याब्सनमा आबद्ध विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको एन प्याबसन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
‘एन प्याब्सनको वार्षिक कार्यक्रमअन्तर्गत शैक्षिक सत्रको सुरुवातसँगै शिक्षकहरूलाई तालिम दिइएको हो,’ अधिकारीले भने, ‘नेपाल सरकारले ल्याएको एकीकृत पाठ्यक्रमअन्तर्गत रहेर तालिमको आयोजना गरेकाले तालिम उपलब्धिमूलक हुनेछ ।’

सामी एजुकेसन डेभलपमेनट एन्ड रिसर्च कम्पनीका कार्यक्रम संयोजक सन्तोष बुढाथोकी एकीकृत पाठ्यक्रमअन्तर्गत रहर नै तालिममा सहजिकरण गरिने बताए ।

तालिममा बुढाथोकीसँगै यदुनाथ पौडेल, सुभाष गौतम, सचिता सुवाल, कृष्णप्रसाद सिग्देल, पुस्कर चौधरी, केदारप्रसाद ढकाल, शंकर भण्डारीले सहजीकरण गरेका छन् ।
तालिम उद्घाटन गर्दै पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सचेत नागरिक बनाउने काम योग्य शिक्षकले गर्ने बताए ।

‘सचेत र र योग्य नागरिक बनाउनका लागि शिक्षकको भूमिका महŒवपूर्ण रहेको छ,’ उनले भने,‘आफ्ना हरेक समस्यालाई पर सारेर पनि शिक्षाको क्षेत्रमा शिक्षकले खेलेको भूमिका प्रशंसनीय छ ।’

उनले नेपाल सरकारले प्रष्ट योजना वनाउन नसक्दा विद्यार्थीहरू विदेश जानेको गरेको कुरा यथार्थ रहेको उल्लेख गरे ।

‘विद्यार्थीलाई नेपालमा नै बस्ने मास्टर प्लान बनाउन नसक्दा विद्यार्थी विदेशिने गरेको याथार्थ हो,’ उनले भने,‘विद्यार्थीलाई नेपालमा नै बस्ने वातावरण बनाउनका लागि योजना आवश्यकता छ ।’

एकीकृत पाठ्यक्रमले शिक्षा विधिलाई कक्षा कोठामा कसरी लागु गर्न सकिन्छ भन्ने रहेको बताउँदै यसै अन्तर्गत रहेर तालिम दिन आग्रह गरे ।

नेशनल प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोचीले जिन्दगी बाँच्न सक्ने शिक्षा अहिलको आवश्यकता रहेको बताए ।

‘शिक्षकको एक गल्तीले हजारांै विद्यार्थीको भविष्य बिग्रन सक्छ । तसर्थ शिक्षक एक जिम्मेवार नागरिकभित्र पर्दछ,’ उनले भने,‘शिक्षकले पुस्तकको सहायताले जिन्दगी बाँच्ने खालको शिक्षा दिन सक्नुपर्दछ ।’

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङ र सचिव प्रेमराज अधिकारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width