राजनीतिकर्मी शेरचनको निधन

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
death

पोखरा । नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका कोषाध्यक्ष गणेश शेरचन र क्षेत्रीय प्रतिनिधि दिनेश शेरचनलाई पितृशोक परेका छ ।

उनीहरुका पिता ८१ वर्षीय ओमप्रसाद शेरचनको बिहीबार दिउँसो पोखराको नागढुंगास्थित निवासमा निधन भएको हो । विकास निर्माण लगायत समाजसेवामा क्रियाशील ओमप्रसाद साविक जोमसोम गाविस वडा नम्बर ८ का पूर्व वडाध्यक्ष हुन् ।

उनको पार्थिव शरीरमा रामघाटमा बौद्ध परम्परा अनुसार पूजापाठ गरी शुक्रबार अन्तिम संस्कार गरिएको छ । प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली र गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width