स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०८१
sketing

पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा ९ सदस्यीय संघ गठन गरेको हो । उपाध्यक्षमा बुद्धि पुन, सचिवमा सूर्यबहादुर खड्का, कोषाध्यक्ष भरत तिमिल्सिना, सदस्यमा सुनिल भुर्तेल, दयाराम अधिकारी, सुशान कार्की, माया छन्त्याल र ईश्वर सिंह चयन भए ।

प्रदेश खेलकुद परिषद्का सदस्य विनय थापाको प्रमुख आतिथ्यमा भएको भेलाले स्केट खेलको इतिहास, वर्तमान र भविष्यबारे छलफल गरी खेल विकास, प्रचारप्रसार, प्रवद्र्धन र मर्यादित बनाउने प्रतिबद्धता समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width