ठकुरी बस्तीमा निशुल्क आँखा शिविर

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
Free Eye Checkup Camp-Darshan Foundation

पोखरा । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लव र दर्शन आमा समूहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा १ दिने निशुल्क आँखा जाँच सम्पन्न भएको छ । शिविरमा कास्की र लमजुङका गरी १३७ जनाले लाभ प्राप्त गरेका छन् ।

हिमालय आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत गोविन्दनाथ योगीले आँखाको महत्वबारे प्रकाश पार्दै शिविरमा सहभागी मध्ये शल्यक्रिया नै गर्नुपर्ने बिरामीहरुलाई रेफर गर्दै अस्पतालले निशुल्क अप्रेसन गर्ने गरी आँखाको हिफाजतबारे जानकारी गराए ।

कार्यक्रममा रुपा गाउपालिकाको अध्यक्ष एवं प्रमुख अतिथि नवराज ओझाले साविक सिद्ध गाविसमा पहिलो पटक शिविर सञ्चालन गरेकोमा धन्यवाद दिँदै रुपामा क्लब, समूहले स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।

विभिन्न भेगबाट आँखा जाँचका लागि आएकामध्ये अवस्था हेरी चश्मा तथा औषधी समेत निशुल्क वितरण गरिएको थियो । दर्शन फाउन्डेसनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव मदन मल्ल छायाँले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width