राष्ट्रिय माविको छात्र/छात्रा सडक दौडमा ४४ विद्यालय सहभागी

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
rastriya school running

पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय माविले शनिबार जिल्लास्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्दैछ । शनिबार बिहान साढे ६ बजे सुरु हुने हुने दौडको तयारी पूरा भएको विद्यालय परिवारले जनाएको छ ।

प्रतियोगितामा कास्कीका ४४ विद्यालयका ६ सय १४ छात्र र २ सय ५४ छात्राहरु गरी ८ सय ६८ जना प्रतियोगीले भाग लिने पूर्व विद्यार्थी समेत रहेका नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष एवं हीरक महोत्सव खेलकुद उपसमितिका संयोजक तेजबहादुर गुरुङले बताए । दौडमा कक्षा १० सम्म अध्ययनरत् विद्यार्थीले भाग लिन पाउने छन् ।

दौडमा छात्रछात्रा दुवैतर्फ प्रथमले ७ हजार, पदक र प्रमाणपत्र, द्वितीयले ५ हजार, पदक र प्रमाणपत्र र तृतीयले ३ हजार साथमा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सिम्पानीस्थित विद्यालयबाट सुरु हुने दौड विन्ध्वासिनी मन्दिर, बागलुङ बसपार्क, भीमसेनचोक, कोपिलढुंगा चोक, ज्ञानभूमि स्कुल, बाल मन्दिर, पिएन क्याम्पस, भीमकालीपाटन, पोखरा वडा १ कार्यालय, सिम्पानीचोक हुँदै विद्यालयमा पुगेर टुंगिनेछ ।

हीरक महोत्सव अन्तर्गत आगामी असोजमा विद्यालयस्तरीय छात्र/छात्रा छेलो (ठेलो) र जिल्लास्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता समेत गर्ने कार्यतालिका छ ।

गत २००६ मंसिर २० मा स्थापना भएको तत्कालीन पोखरा पब्लिक मिडिल स्कुल नामले स्थापित गण्डकीकै ऐतिहासिक राष्ट्रिय माविले वर्षैभरि विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाउँदैछ । गत २० मंसिरदेखि सुरु भएको महोत्सवमा गत साता विद्यालयमा पुनर्मिलन समारोह भव्य भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width