महेन्द्रपुल यु–२३ बास्केटबल सुरु

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
bsketball news photo1

पोखरा । महेन्द्रपुल युथ क्लब आयोजनामा पहिलो पटक यु–२३ खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा फाइभ वाई फाइभ बास्केटल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन दुई क्वाटरफाइनलका खेलसहित ७ खेल भएका हुन् ।

पहिलो क्वाटरफाइनलमा समूह वि मा रहेको अर्चलबोले हरिनाशलाई ५३–४१ को स्कोरमा पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ए तर्फ पर्वतले अर्घौ पुन मगर समाजलाई ५९–३८ को स्कोरमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । त्यसअघि भएको प्रिक्वाटरफाइनल खेलमा पहिलो खेलमा अर्चलबोटले गलेश्वरलाई ५१–३७ र पर्वतले घोरेपानीलाई ५६–५० ले हराएको थियो ।

अन्य प्रिक्वाटरफाइनलमा आयोजक महेन्द्रपुल क्लबले गगनगौंडालाई ४९–४२, केविए सेतोले सिक्लेसलाई ५५–३०, पिप्ले बास्केटबल क्लबले केविए कालोलाई ६०–२८ को स्कोरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको बाँकी क्वाटरफाइनलका खेलसँगै सेमिफाइनल र फाइलन शनिबार हुनेछ ।
प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महेन्द्रपुल युवा क्लबले स्थापनाकालदेखि नै विभिन्न सामाजिक काम गर्दै आइरहदा अहिले आएर खेलकुद कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिइन् ।

आयोजक क्लब अध्यक्ष आनन्दकुमार तझ्याको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिकल शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष जुमकाजी गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन क्लब सचिव राजु कायस्थले गरेका थिए ।
१३ टिमले भाग लिएको प्रतियोगिताका विजेताले ४० हजार र उपविजेताले २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइस्कोरर र मस्ट भ्यालुयबल प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सेजल जोजीजुले बताए ।

Related News

सम्बन्धित समाचार

  • सहारा एकेडेमीमा टिकर्ट सहयोग

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । सहारा क्लब पोखराले सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकका निम्ति टिसर्ट सहयोग गरिएको छ…
  • फिस्टेल एसइई कपको औपचारिक उद्घाटन

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटन सोमबार भएको छ । विद्यालयका प्रबन्ध निर्देशक…
  • वाराही माविका खेलाडीलाई क्रिकेट ड्रेस

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयमा जगदम्बा प्रतिष्ठानका अध्यक्ष केशवप्रसाद अधिकारीले क्रिकेट ड्रेस सहयोग गरेका छन् । अधिकारीले विद्यालयका क्रिकेट…
  • चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तिव्र पारिएको…
  • वडास्तरीय बुद्धिचालमा एकराज प्रथम

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ६ स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन् । शनिबार भएको प्रतियोगितामा…

hero news full width