हेमजामा हिले महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
hile fest jemja

पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा स्थानीय देवीस्थान टोलमा यही असार १५ गते चांैथो हिले महोत्सव हुने भएको छ । ‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ महोत्सव आयोजना हुने भएको हो । जसका लागि शनिवार बसेको भेलाले हरिशरण पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

भेलाले चन्द्रा पोखरेलको संयोजकत्वमा अर्थ संकलन उपसमिति, प्रचारप्रसार उपसमिति संयोजकमा निराजन अधिकारी, महोत्सव व्यवस्थापन उपसमिति संयोजकमा विष्णुप्रसाद तिमिल्सिना, स्वागत सत्कार उपसमिति संयोजकमा अञ्जिता तिमिल्सिना, कार्यक्रम सञ्चालन उपसमिति संयोजकको जिम्मेवारी परशुराम अधिकारीलाई दिएको छ ।

खाजा तथा खानेपानी उपसमिति संयोजकमा मनु तिमिल्सिना, स्वयंसेवक तथा युवा परिचालन उपसमिति संयोजकमा जीवन बास्तोला, सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा विष्णु भण्डारी, मञ्च व्यवस्थापनमा खिमलाल तिमिल्सिना, यातायात व्यवस्थापनमा सुवास कुँवर, मायाको चिनो तथा साउन्ड सिस्टम व्यवस्थापनमा विष्णु भण्डारी, सरसफाइ उपसमितिमा चेतनारायण तिमिल्सिना, सांस्कृतिक उपसमितिमा बुद्धदेवी कुँवर, खेल सञ्चालन निर्णायक उपसमिति संयोजकमा इन्द्रबहादुर कुँवर तथा महिला परिचालन उपसमिति संयोजकको जिम्मेवारी उमा भुर्तेललाई प्रदान गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै वडा सदस्य कृष्णबहादुर कुँवरले हिले महोत्सव हुनु आफैंमा महŒवपूर्ण भएको जनाउँदै कार्यक्रमहरूमा आसन तथा भाषणलाई कम गर्नुपर्ने औँल्याए ।
त्यस अवसरमा नेपाली कांग्रेस वडा उपसभापति दानबहादुर भुजेल, नेकपा (एमाले) का वडाध्यक्ष ऋषिराम पौडेल, नेकपा माओवादीका बलराम पराजुली, किसान बहुउद्देश्यीय कृषि सहकारीका उपाध्यक्ष भगवती बजगाईं, संस्थापक अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, देवीस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष चूडामणि तिमिल्सिना, महिला सञ्जाल हेमजाका सचिव उमा भुर्तेल पौडेल, रामचन्द्र तिमिल्सिना, पार्वती थापा बानियाँ, सल्लाहकार भीमप्रसाद श्रेष्ठ तथा बुद्धदेवी कुँवरलगायतले महोत्सवको महŒवमाथि प्रकाश पारे ।

समाजका अध्यक्ष प. हरिशरण पौडेलको अध्यक्षतामा भएको उक्त भेलामा उपाध्यक्ष हरिप्रसाद तिमिल्सिनाले स्वागत र सहसचिव अञ्जिता तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width