फिस्टेल एसइई कपको औपचारिक उद्घाटन

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
fishtain game

पोखरा । फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटन सोमबार भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन गरे ।

सोमबार प्रिक्वाटरफानलका ८ खेलहरू सम्पन्न भए । पहिलो खेलमा नेपाल आदर्शले वाक ओभर दिएपछि कालिका मावि स्वतः विजयी भयो । यस्तै दोस्रो खेलमा पोखरा पब्लिकलाई ३–२ को पेनाल्टी सुट आउटमा पराजित गर्दै ढुंगेसाँघु मावि क्वाटरफानलमा प्रवेश गरेको छ । तेस्रो खेलमा न्यु लेखनाथ एकेडेमीले शिशुनिकेतनलाई ६–१ ले पराजित गर्‍यो भने चौथो खेलमा शान्तिनिकुञ्जले बालोदयलाई २–१ गोल अन्तरले पाखा लगायो ।

सोमबार नै सम्पन्न पाँचौं खेलमा लिटिल फ्लावरले नेसनल इन्भेन्टिभलाई ८–७ को पेनाल्टी सुट आउटमा बाहिर पठाउँदा भद्रकाली माविले एलपी देवकोटालाई १–० ले पराजित ग¥यो । यस्तै सातौं खेलमा रेन्बो एकेडेमीले २–१ गोलको नतिजा निकाल्दै वेलनन एकेडेमीलाई पराजित ग¥यो भने अन्तिम खेलमा पेनाल्टी सुट आउटको २–१ गोल नतिजामा मदरल्यान्डले फिस्टेल एकेडेमीलाई पराजित गर्‍यो ।

एसइई २०८० मा सम्मिलित विद्यार्थीहरूलाई समेट्दै आयोजना गरिएको यस खेलको क्वाटरफाइनलका खेल मंगलबार सम्पन्न हुने छन् भने सेमिफानल र फाइनलका खेलसँगै बुधबार औपचारिक समापन हुने छ । खेलमा विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै लिग कम नक आउट प्रणालीमा खेलाइने छात्रातर्फको ३/३ बास्केटबलका खेलहरू पनि मंगलबारबाट सुरु हुने छन् । यसका विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width