नेपालमा आइडलमा सलोमी गुरुङ जिताउन अभियान

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
Salomi Photo

पोखरा । गायन रियालिटी सो नेपाल आइडल सिजन फाइभकोे उत्कृष्ट ८ मा परेकी पोखराकी गायिका गायिका सलोमी गुरुङलाई विजेता बनाउन अभियान थालिएको छ ।
पोखरा महानगरपालिका–१३ बिपी मार्गकी सलोमीलाई जिताउन पोखरेलीले अभियान थालेका सुरु गरेका हुन् । सलोमी गुरुङ जिताउ अभियानले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै भोटका लागि अपिल गरेको छ ।

अहिलेसम्म गायनकलाले अगाडि बढेपनि अब भोटिङले सघाउनुपर्ने अभियानकी प्रतिनिधि बालकाशी गुरुङले बताइन् । उनले भनिन्, ‘यो ठाउँसम्म आउनका लागि उसकै बलबुताले, कलाले र मेहनतले हो । अबको पालो भोटिङको रहेकोे छ । भोटिङले मात्रै जिताउन सक्षम हुनेछौं’।’

गण्डकी प्रदेशले रियालिटी सोेमा सहभागी धेरै प्रतिभालाई जिताएकाले अब पालो सालोमीको रहेकोे उनको भनाइ थियो । सलोमि जिताउन गुरुङ समुदायसँग सम्बन्धित संघसंस्थाले सहयोग उठाइरहेका छन् । नेपाल आइडलको उत्कृष्ट ८ मा अटाएकी सलोमीलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप मार्फत भोटिङ गर्न सकिन्छ ।

सलोमि जिताउ अभियानले आयोजना गरेकोे पत्रकार सम्मेलनमा पोखरेली लक्ष्य ब्याण्डले नेपाली गीत प्रस्तुत गर्दैै भोटको अपिलसमेत गरेको थियो । उनी २०७३ मा भएको सातौं संस्करणको बिग आइकन बन्ने दौडबाट उत्कृष्ट ९ बाट बाहिरिएकी थिइन् ।

सलोमीलाई जिताउनका लागि देश तथा विदेशमा रहेका गुरुङ तथा गैह्र गुरुङ समुदाय एकजुट हुनुपर्ने तमु धिं नेपालका अध्यक्ष हुम तमुले बताए । सलोमी पोखराको मात्र नभएर देशकै शान रहेको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width