पोखरामा मनाइयो विश्व संगीत दिवस

आदर्श समाज सम्वाददाता
असार ७, २०८१
Sangit Day Photo Main

पोखरा । पोखरामा शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित विश्व संगीत दिवस मनाइएको छ । तरेली सांस्कृतिक परिवारको आयोजना र गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रवद्र्धनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा विभिन्न १८ वटा प्रस्तुति राखिएको तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङले जानकारी दिए । गण्डकी प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सदस्यसमेत रहेका गुरुङकाअनुसार संगीतकर्मीहरू एकैथलोमा बसेर दिवसलाई उत्साहमय बनाउन कार्यक्रम गरिएको हो । ‘हामीले उत्सव मनाइरहँदा हाम्रा जति पनि स्रोता महानुभावहरू हुनुहुन्छ । उहाँहरूमा संगीतप्रतिको निकटता बढ्दै जाओस् भन्ने ध्यय हो,’ उनले भने । विगत वर्षदेखि नै गर्दै आएको कार्यक्रम यसपटक प्रज्ञा प्रतिष्ठान पनि जोडिएको उनले सुनाए ।

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सूर्य खड्का ‘बिखर्ची’ ले संगीतले सबैको मन जित्ने क्षमता राख्ने बताए । नेपाली मौलिक गीतको जगेर्ना गर्नका लागि सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो । नेपालका विभिन्न जात जाति समुदायको फरकफरक मौलिक लोकगीतहरू भएकाले गीत संगीतमा नेपालीहरू धनी भएको पनि उनले बताए । सबै गीतसंगीतको संरक्षणका लागि प्रतिष्ठानले कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।

प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले अंग्रेजी जुन २१ वर्षभरको लामो दिन भएकाले संगीतमय बनाउनका लागि विश्व संगीत दिवसको महŒव रहेको बताए । शुक्रबार १०६ भन्दा बढी राष्ट्रमा दिवस मनाइरहेको अवस्थामा नेपालमा पनि मनाइरहेको उनको भनाइ थियो । फ्रान्सबाट १९८२ बाट सुरु भएको यो दिवस नेपालमा २०५४ सालेदेखि मनाउन थालिएको उनले जानकारी दिए । पछिल्लो समय यसको महŒव बढ्दै गएको उनले बताए । मुल आयोजक समितिका सल्लाहकारद्वय पदमराज ढकाल र नवराज बरालले संगीतले सबैलाई एकीकृत गर्न सहज हुने बताए ।

कार्यक्रममा तरेली सांस्कृतिक परिवारसँगै झलकमान सारंगी पाठशाला, त्रिवेणी संगीतालय, बिटुडी डान्स स्टुडियो, सप्तरंगी सांस्कृतिक प्रतिष्ठान, हिमाली सांस्कृतिक परिवार, कर्णप्रिय संगीतालय, धनबहादुर गन्धर्व स्मृति प्रतिष्ठान, आदिम कला मञ्च, पोखरेली युवा सांंस्कृतिक परिवारले प्रस्तुति राखेका थिए । यस्तै हार्मोनी समूह, संगीतकर्मी संघ गण्डकी, सप्तरंगी साहित्य प्रतिष्ठान, भक्ति संगीत भजन चुट्का संरक्षण, संगीत प्रशिक्षण केन्द्र, जोजिजू म्युजिक सेन्टर, नेवाः ल्याम्ह पुचः र विश्व हिन्दु महासंघले पनि प्रस्तुति राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग