दोस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको तयारी

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
School Band Photo

पोखरा । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा भदौ दोस्रो साता इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको तयारी थालिएको छ । आगामी भदौ १४ र १५ गते पोखरा सभागृहमा हुने प्रतियोगिताबारे शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाइ)ले जानकारी दिए । पहिलो संस्करणमा इन्टरकलेज ब्यान्ड कम्पिटिसन गरेको संघले यसपटक प्रतियोगितालाई परिमार्जन गर्दै इन्टर स्कुल ब्यान्ड कम्पिटिसन गर्न लागेको उनले प्रष्ट्याए ।

स्कुल र कलेजका विद्यार्थीबीच प्रतिस्र्धा गराउँदा लेभल मिलेन, उनले भने,‘त्यसैले यस पटकदेखि विद्यालय स्तरीय प्रतियोगिता गर्ने निर्णय गर्‍यौं ।’ ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरूको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।

प्रतियोगितामा सहभागिताका लागि स्कुल लेभलका ब्यान्डहरूले फारम भर्नुपर्ने संघले जनाएको छ । फारम भरेकाहरूले भिडियोमार्फत् डिजिटल अडिसन दिनुपर्ने र सो प्रस्तुतिका आधारमा छनोट गरिने संघका अध्यक्ष गुरुङले जानकारी दिए । त्यसपछि फिजिकल अडिसन दिनुपर्ने र सो राउन्डमा स्कुल ब्यान्डहरूले गण्डकी प्रदेशका सर्जकहरूको गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ । त्यसमा छनोट भई फाइनलमा पुगेकाहरूले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकहरूको गरेर २ वटा गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको अध्यक्ष गुरुङले बताए । सोही प्रस्तुतिका आधारमा विजेता, उपविजेतालगायत घोषणा गरिने उनको भनाइ छ ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपविजेतालाई नगद ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पब्लिक च्वाइस र जज च्वाइसलाई पनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग