आदर्श समाज (सामाजिक संस्था) को ‘१२ औं खुला तीज गीत प्रतियोगिता’

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०८१
adarsha samaj teej

पोखरा, १८ भदौ । तीज अवसरमा आदर्श समाज (सामाजिक संस्था), पोखरा १२, पुरानोधाराको आयोजनामा ‘१२ औं खुला तीज गीत प्रतियोगिता’ हुने भएको छ ।

मौलिक पर्व तथा संस्कृतिको जगेर्ना गरौं, विकृति विसंगतिरहित तीज पर्व मनाऔं मूल नाराका साथ संस्थाले यस वर्ष तीजकै दिन २१ भदौमा सो प्रतियोगिता गर्न लागेको हो ।

रानीपौवास्थित पुरानोधारा चोकमा हुने प्रतियोगितामा यतिबेला टिम दर्ता गर्ने कार्य भइरहेको प्रचार संयोजक एवं संस्थाका पूर्व अध्यक्ष वसन्तराज कोइरालाले जनाए ।

आयोजकका अनुसार प्रथमले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सान्त्वना, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य प्रस्तुत गर्नेले जनही ५ हजार साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा थप मनोरञ्जन दिन राष्ट्रिय तथा स्थानीय कलाकारसमेतको उपस्थिति रहनेछ ।

कार्यक्रममा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, पदमराज ढकाल, जीवन दाहाल, तारापति सुवेदी, नेत्रपाणि बास्तोला, सरला पाण्डे, कमला सुनारले प्रस्तुति दिनेछन् । हास्यकलाकार युवराज भण्डारीले थप मनोरञ्जन दिने छन् ।

प्रचार संयोजक कोइरालाका अनुसार कार्यक्रम सफल पार्न विभिन्न संघसंस्था, व्यवसायी, टोलवासी तथा शुभचिन्तक एवं प्रायोजकबाट आर्थिक एवं नैतिक सहयोग प्राप्त भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width