पोखरा । इन्टरस्कुल व्याण्ड कम्पिटिसनमा फाइनल राउण्डमा १० वटा स्कुल व्याण्ड छनाट भए ।
पोखरा सांगीतिक कलाकार संघ आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठान सहकार्यमा शुक्रबारदेखि सुरु प्रतियोगिताको पहिलो दिन छनोट ती व्याण्डले उपाधिका लागि शनिबार ११ बजेदेखि प्रस्तुति राख्नेछन् ।
सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्याश्रम, ग्लोवल कलेजियट, कुमुदिनी होम्स मावि, गण्डकी बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बि), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुल छनोट भएको पोखरा सांगीतिक कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
प्रतिस्पर्धी ब्याण्डले गण्डकी प्रदेशका सर्जकको गीत गुञ्जाउँदा पोखरा सभागृहमा दर्शकले समर्थनमा हुटिङ गरेका थिए ।
फाइनल प्रतिस्पर्धामा २/२ वटा गीत प्रस्तुत गर्नुपर्नेछ । उनीहरुले १ गीत आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने संघ अध्यक्ष हर्कराज गुरुङ (भाइ) गुरुङले बताए । सोही आधारमा हुने नतिजामा विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रोले २५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाइस र जज च्वाइसले ५÷५ हजारसहित प्रमाणपत्र प्राप्न गर्नेछन् ।
‘शिक्षासँगै संगीत’ भन्ने मूलनारा साथ आयोजित प्रतियोगिताको गण्डकी प्रज्ञा प्रतिष्ठान उपकुलपति गोरे गुरुङले उद्घाटन गरे । उनले यो प्रतियोगिताले पोखराको संगीतको विकासमा सघाउ पुग्ने बताए ।
तल्लो तहदेखि नै कला र संगीतका प्रतिभा खोज्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
संघ सचिव भाष्करध्वज श्रेष्ठले नब्बेको दशकमा पोखरा ‘व्याण्डहरुको राजधानी’ भनेर चिनिएको भन्दै पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१