कास्की आदर्श समाज कतारले पहिलोपल्ट पोखरामा मनायो तीज

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०८१
quatar

पोखरा । कास्की आदर्श समाज, कतारले हरेक वर्ष कतारमा मनाइरहेको तीज विशेष कार्यक्रम यसपालि आफ्नै गृहजिल्ला कास्की (पोखरा) मा मनाएको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष पूजा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, मोटिभेस्नल स्पीकर प्रेन्सा रेग्मी, महिला उद्यमी तथा समाजसेवी बिना गुरुङ, पार्वती रेग्मी, संस्थाकी पूर्व महिला संयोजक दिलकुमारी गुरुङ, पूर्व कार्यसमिति सदस्यहरु सावित्रा गिरी, लक्ष्मी गिरी, लोकगायिका अम्बिका भण्डारी, संचारकर्मी गीता तिवारी लगायतको उपस्थिति थियो ।
यस्तै, कतारबाट फर्किएका तथा उनका परिवारका सदस्यहरको बाक्लो उपस्थिति थियो ।

स्वागत मन्तव्य व्यक्त गर्दै सुनिता पौडेल सुवेदीले आपसमा माया, सद्भाव र आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा धन्यवादसहित सम्पूर्णलाई स्वागत गरिन् ।

आयोजक संस्थाका अध्यक्ष अग्निधर देवकोटाले भर्चुयल माध्यबाट शुभकामना मन्तव्यसहित कार्यक्रमको उद्देश्य संस्थाका सदस्यका परिवार र कतार कर्मक्षेत्र बनाएर नेपाल फर्किएकाबीच आपसमा चिनजान गराउन तथा आफ्नो संस्कार, सँस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

सञ्चारकर्मी गीता तिवारीले प्रवासमा रहेर समाजिक क्षेत्रमा लागेर काम गर्नु अत्यन्तै गाह्रो हुने कुरा आफूले पनि अनुभव गरेको बताउँदै संस्थाको कार्यको प्रशंसा गरिन् । उनले अब नारी चुलोचौको गरेमात्रै नहुने बाहिर निस्कनुपर्ने सुझाव दिइन् ।

सांसद सरस्वती गुरुङले संस्थाले पारिवारिक सद्भाव बढाउन गरेको कार्यको प्रशंसा गरिन् । उनले ५०– ५५ डिग्री तापक्रममा सातसमुद्र पारि गएर नेपालमा आफ्ना परिवारको सुखदुःख र पर्व विशेषमा रमाइलो अवसर दिने दाजुभाइका महिला परिवारले उनीहरुको परिश्रम बुझेर नेपालमा फजुल खर्च गर्न नहुने र आत्मनिर्भर हुनुपर्ने सुझाव दिइने ।

कार्यक्रममा पार्वती रेग्मी, लक्ष्मी गिरी लगायतले मन्तव्य राखेका थिए ।

कास्की आदर्श समाज कतारकी पूर्व सदस्य सावित्री गिरीको ‘माइत जाने बाटो’ एल्बमको गीतमार्फत उपस्थित दिदीबहिनीलाई नचाएर लोकगयिका अम्बिका भण्डारी थप रौनक थपिन् ।

संस्थाका पूर्व सचिव सन्तोष तिमिल्सिना, बहिनी रश्मि तिमिल्सिना अधिकारी लगायत कास्की आदर्श समाज कतारका उपाध्यक्ष अमृत विश्वाकर्माकी छोरी अनुस्का विश्वकर्माको नृत्य साथै संस्थाका आजीवन सदस्य रामचन्द्र सुनारकी छोरीद्वय कृपा सुनारले नृत्य र पुष्पा सुनारले आफ्नो जीवनको भोगाइको गीतमार्फत हिम्मत नहारे सफल हुन सकिन्छ भन्ने सन्देशमूलक गीतले उपस्थित सबैलाई भावुक बनायो ।

नारायणी थापा भण्डारी र माया भण्डारीको सहजीकरण रहेका कार्यक्रममा मोटिभेस्नल स्पीकार प्रेन्सा रेग्मीले तीजलाई सरल तरिकाले कसरी मनाउन भन्नेबारे जानकारीमूलक सन्देश दिइन् ।

संस्थाका वरिष्ठ उपाध्यक्ष पूजा गिरीले कार्यक्रम समापन गर्दै उपस्थित सबैलाई धन्यवाद दिइन् । प्रमुख अतिथि र प्रेन्सा रेग्मीलाई मायाको चिनो प्रदान गरिएको थियो भने विमोचित स्मारिका पनि उपस्थित अतिथिलाई हस्तान्तरण गरिएको थियो ।

पोखरामा पहिलोपल्ट आयोजित कार्यक्रम सफल बनाउन संस्थाका सह–कोषाध्यक्ष वसन्त श्रेष्ठ, कृष्ण भण्डारीको पत्नी नारायणी, सह–सचिव केदार भण्डारीकी पत्नी माया, अध्यक्ष अग्निधर देवकोटा पत्नी रुकु लागिपरेका थिए ।

‘कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मूल नाराका साथ सन् २००२ मा संस्था स्थापना भएको हो।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width