लेखनाथ । पोखरा २६ स्थित लोकसांस्कृतिक संरक्षण समितिको नवौं अधिवेशनले जगन्नाथ तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ३ वर्षे कार्यकाल रहेको उक्त समितिमा उनी यसअघि पनि अध्यक्ष थिए ।
समितिको उपाध्यक्षमा वसन्त बञ्जरा, सचिवमा कृष्णप्रसाद अधिकारी, सहसचिवमा राजु बराल, कोषाध्यक्षमा रामजी बराल छन् । सदस्यमा हरिभक्त अधिकारी, विष्णुप्रसाद बास्तोला, सुमित्रा बञ्जरा, शारदा बराल, मनोहरि बस्ताकोटी र नारायणप्रसाद पौडेललाई चयन गरेको छ ।
यसअघि कार्यक्रम उद्घाटन पोखरा महानगरपालिका वडा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले गरेका थिए । उनले लोकसंस्कृति संरक्षण समितिले स्थानीयस्तरमा ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गरी ज्येष्ठ नागरिकको दिउँसो समय कटाउन सहज भएको बताए । उनले वडाको तर्फबाट सहकार्य हँुदै आएको र आगामी दिनमा सहयोग जारी रहने प्रतिबद्धता जाहेर गरे ।
लोकसांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्राइम कमर्शियल बैंक बूढीबजार शाखाका शाखा प्रमुख लक्ष्मण कुँवर, लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धु्रवबाबु भट्टराई, उज्ज्वल आमा समूहकी संस्थापक अध्यक्ष सरस्वती बराल, रामज्योति मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर थापा र जनप्रिय सहकारी संस्थाका अध्यक्ष रवीन्द्रमोहन अधिकारी लगायतले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएकाले उनीहरुको अनुभव अनुशरण गर्नुपर्ने सुझाव राखेका थिए । सोही अवसरमा संस्थाले ८४ वर्ष उमेर काटेर १६ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
रामभक्तलाई सोम संगीत पुरस्कार
‘सुन भनेर नमिसाउ पित्तल’ सार्वजनिक
कास्की आदर्श समाज कतारले पहिलोपल्ट पोखरामा मनायो तीज
आदर्श समाज (सामाजिक संस्था) को ‘१२ औं खुला तीज गीत प्रतियोगिता’
इन्टरस्कुल व्याण्ड फाइनललाई १० छानिए
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१