सिद्धार्थ क्लबद्वारा विद्यालय पोसाक तथा स्टेसनरी वितरण

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
siddratha club (1)

पोखरा । सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका ५ देउराली फेदीस्थित गाउँफर्क आधारभूत विद्यालयमा विद्यालय पोसाक तथा स्टेसनरी वितरण गरेको छ । क्लबले ४१ विद्यार्थीका लागि विद्यालय पोसाक (सर्ट, पाइन्ट÷फ्रर्क) का साथै आवश्यक कापी, पेन्सिल, इरेजर, कटर, लगायत शैक्षिक सामग्री, सहयोग गरिएको थियो ।

रुपा ५ का कार्यवाहक वडाध्यक्ष कुमारी गुरुङको प्रमुख आतिथ्यता तथा वडा सदस्य पानमाया परियारको विशेष उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा कावा वडाध्यक्ष कुमारी गुरुङ, सिद्धार्थ क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपकबहादुर अधिकारी र विद्यालयका प्रधानाध्यापक पार्वती ढुंगाना लगायतले सहयोगले गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहयोग गरिएको पोसाक क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठ र सल्लाहकार समिति संयोजक अनील श्रेष्ठको परिवारबाट सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लबका निर्देशक रवि मर्सानीले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • न्यू मोडलको फुटसलमा स्टेप बाइ स्टेप विजयी

    आदर्श समाज सम्वाददाता असार ८, २०८१
    पोखरा । न्यू मोडल सेकेन्डरी स्कुलमा आयोजित फुटसल प्रतियोगिताको उपाधि स्टेप बाइ स्टेप माविले जितेको छ । शुक्रबार फाइनलमा विष्णु पादुका…
  • ओलम्पिक डे अवसरमा माउन्ट अन्नपूर्णमा विविध प्रतियोगिता

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । ओलम्पिक डे अवसरमा माउन्ट अन्नपूर्ण मावि, नदीपुरले विविध प्रतियोगिता गर्ने भएको छ । असार ८ र ९ मा…
  • सृजना माविमा समर मेला

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । सृजना सेकेन्डरी स्कुल, सृजनाचोकमा सृजना समर मेला सम्पन्न भएको छ । गत वर्ष एसइईमा सम्मिलित विद्यार्थीले शैक्षिक वृद्धि,…
  • पश्चिमाञ्चलमा ‘फुड फेस्टिभल’

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बाहिर ल्याउने गरी पश्चिमाञ्चल माविले शनिबार फुड फेस्टिभल आयोजना गरेको छ । कक्षा…
  • पोखरा इन्जिनियरिङ कलेजमा यन्त्र फेस्टिभल

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । पोखरा इन्जिनियरिङ कलेज स्ववियु आयोजनामा यन्त्र इन्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिबल सुरु भयो । २ दिनसम्म चल्ने यन्त्र फेस्टिभलमा…

hero news full width