सहारा एकेडेमीमा टिसर्ट सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
sahara tshirt

पोखरा । सहारा क्लब पोखराले सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकका निम्ति टिसर्ट सहयोग गरिएको छ । क्लब १०२ को आयोजना एवं नं. ४ बाहिनी प्रमुख कालीदास धौवजी श्रेष्ठको प्रमुख आतिथ्यमा पोखरा १७, दोबिल्लास्थित एकेडेमीमा आयोजित समारोहमा टिसर्ट सहयोग गरिएको हो ।

सो अवसरमा क्लब अध्यक्ष केशवराज बरालले नं. ४ बाहिनी प्रमुख श्रेष्ठ र क्लब १०२ का पदाधिकारी, कास्की समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष दिलबहादुर जलारीलाई खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ र क्लब १०२ का अध्यक्ष कार्कीले सहाराको कार्यको लागि प्रशंसा व्यक्त गर्दै प्रगतिको कामना गरे । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, वर्तमान कार्यसमिति तथा एकेडेमी व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित क्लब १०२ हो । सहारा एकेडेमीमा तेस्रो ब्याचको रुपमा हाल विभिन्न जिल्लाका गरी २३ जना बालकहरु आश्रित रहेको एकेडेमी संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उनीहरुलाई क्लबले आवासीय सुविधासहित शिक्षा, दीक्षा र फुटबल सिकाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width