नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले कृषि सहकारीलाई अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । पालिकाको वडा १, पतवारीमा रहेको प्रकृति कृषि सहकारी संस्थालाई नगरपालिकाले ७० प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको हो ।
स्थानीय कृषकले उत्पादन गरेको कृषि उपजलाई सहजरुपमा बजारसम्म लैजान सहयोग पुर्याउने उद्देश्यले अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख भीमलाल अधिकारीका अनुसार चालु आवको बजेटबाट कृषि सहकारीलाई अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरिएको हो । कृषि एम्बुलेन्सको लागत मूल्यको ७० प्रतिशत रकम नगरपालिकाले तथा बाँकी ३० प्रतिशत रकम प्रकृति कृषि सहकारी संस्थाले व्यहोर्नेगरी प्रदान गरिएको हो । कृषि सहकारीलाई प्रदान गरिएको एम्बुलेन्सको लागत मूल्य अधिकृत कर (भ्याट) सहित २२ लाख १५ हजार रहेको अधिकारीले बताए । कृषि सहकारीको परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, मध्यविन्दु–२ का वडाध्यक्ष रामभक्त अधिकारी, वडा ४ का वडाध्यक्ष डिल्लीराम महतोले कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद काफ्लेलाई कृषि एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए ।
गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको नगरप्रमुख अधिकारीले बताए ।
‘यस कृषि एम्बुलेन्सले किसानको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पुर्याएर उचित मूल्य पाउने कार्यमा सहयोग पु¥याउनेछ,’ उनले भने, ‘अब भने कृषकले उत्पादन गरेको कृषि उपज बेलैमा ढुवानी गर्न नसकेर यत्तिकै खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौं ।’ कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै किसानले आफ्नो उत्पादन बजारीकरणका लागि सङ्कलन केन्द्र, थोक बजारसम्म ढुवानी गर्न सहज र सर्वसुलभ हुने अधिकारीको भनाइ थियो । उक्त कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै नगरपालिकाको वडा १, २ र ३ का किसान लाभान्वित हुनेछन् ।
Related News
सम्बन्धित समाचार
‘किसानका समस्यामा अनुसन्धान गरौं’
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
जेठोबुढो जोगाउँदै पोखरा महानगर
विदेश छोडेर कागती खेती
चालीस रोपनी जग्गामा सयपत्री फूलखेती
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१