भरतपुरमा सुजुकी मोटर्सको शोरुम

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
suzuki

चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, सिजी होल्डिङ्सका महाप्रबन्धक सिरोज पन्तले संयुक्तरुपमा शोरुम उद्घाटन गरेका हुन् ।

सोरुम उद्घाटनको अवसरमा सुजुकी ब्रान्डको जुनसुकै मोडलको गाडी खरिदमा विशेष छुट ल्याइएको प्रबन्ध निर्देशक सुरजराज जोशीले बताए । उनका अनुसार गाडी खरिदमा २० हजार रुपैयाँ छुटसँगै अन्य छुटसमेत प्रदान गरिने छ । सुजुकी गाडीको सेल्स, सर्भिस र स्पेयरको सुविधा एकैठाउँबाट उपलब्ध गराउने गरी सञ्चालनमा आएको जोशीले जानकारी दिए ।

सोरुम उद्घाटनका अवसरमा जेठ ११ गतेसम्म स्पेयर पार्टस्को खरिदमा ७ प्रतिशत र गाडी मर्मतमा लेबर चार्ज तथा वार्षिक मर्मत सम्झौता गरेमा २० प्रतिशत छुट दिइने जोशीले बताए । सुजुकी गाडी खरिद गर्ने उपभोक्तालाई स्पेसल सर्भिस कुपन प्रदान गरिनेसमेत जोशीले जानकारी दिए ।

भरतपुर–१० का अध्यक्ष परमेश्वर खनालले सुजुकी ब्रान्डका गाडीहरू नेपालको माटो सुहाउँदो रहेको बताए । बिक्रीपछिको सेवा र सुविधाको लागि सुजुकी गाडीले नेपाली उपभोक्ताको मन जितेको उनको भनाइ छ । सोरुममा गाडीको टेस्ट ड्राइभ, साटफेर एवं फाइनान्सको सुविधासमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width