पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा औपचारिक रुपमा सञ्चालनमा आएको हो । यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच सोरुम उद्घाटन गरे ।
सोरुमको उद्घाटनसँगै नेपाली बजारमा उपलब्ध सिट्रोनका विद्युतीय गाडीको बिक्री शुभारम्भसमेत गरिएको छ । पोखरामा सिट्रोन इ–सी ३ र सी ३ को बिक्री शुभारम्भ गरिएको हो । पछिल्लो समय विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण बढिरहेको सन्दर्भमा सिट्रोनको उपस्थितिले धेरैलाई आकर्षित गर्ने कम्पनीले विश्वास लिएको छ । पोखरामा सार्वजनिक भएका सिट्रोन गाडीको टेस्ट्र ड्राइभसमेत सुरु भएको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक शिव बरालले जानकारी दिए ।
सिट्रोन इ–सी ३ को लाइभ भेरिन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । विद्युतीय गाडीमा २९.२ किलोवाट आवरको ब्याट्री र ४२.५ किलोवाटको मोटर जडान गरिएको छ । यसको टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३ सय २० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने इ–सी ३ लाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
‘राम्रो फिचरसहितको गाडी पोखरामा उपलब्ध गराउन हामी सफल भएका छौं,’ उनले भने, ‘टेस्ट ड्राइभ गरेर गाडीबारे जानकारी लिन सक्नुहुन्छ,’ पोखरा क्षेत्रमा सिट्रोन इ–सी ३ लोकप्रिय हुुने उनले विश्वास व्यक्त गरे । बिक्रीपछिको सेवालाई प्राथकिता दिँदै पोखरा १० औद्योगिक क्षेत्रमा सर्भिस सेन्टरसमेत विस्तार गरिसकिएको बरालले जानकारी दिए । ‘हामी हाम्रा ग्राहकको सुविधालाई पहिलो प्राथमिकतामा राख्छौं,’ उनले भने ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको इ–सी ३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टम छन् । कारलाई १ सय ७ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्यान्डर्ड गरी २ ड्राइभिङ मोड पाउन सकिन्छ ।
कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन इ–सी ३ एक आकर्षक रोजाइ हो । यसको दमदार पर्फमेन्स, स्टाइलिस डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालि हो ।
विशेष छुट उपलब्ध
सिट्रोनको गाडी खरिदमा विशेष छुट पाउन सकिने भएको छ । कम्पनीले फेस्टिभ स्किम २०८० अन्तर्गत विशेष छुट प्रदान गरेको हो । सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको आकर्षक नगद छुटका साथै निशुल्क बीमा र निशुल्क करको सुविधा पाउने छन् ।
Related News
सम्बन्धित समाचार
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
महानगरले विकल्प नदिए आन्दोलनमा उत्रने अटो मेकानिक्सको चेतावनी
सुजुकी जिम्नी र फ्रोन्क्स पोखरामा सार्वजनिक
यामाहा रेजेड आर १२५ को माइलेज टेस्ट राइड
बद्रीलाई १ किलो चाँदी उपहार
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०