गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
gandaki health

पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसमक्ष सो जानकारी गराइएको हो । मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले तथ्यांक प्रस्तुत गर्दै यसबारे स्पष्ट पारेका हुन् । ‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतीक्षारत अवस्थामा कोही पनि हुनुहुन्न, डायलाइसिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ,’ उनले भने ।

२०७९ साल माघको अध्ययन प्रतिवेदनअनुसार सरकारी १० र निजी ६ वटा गरी जम्मा १६ वटा संस्थाबाट डायलाइसिस सेवा दिने गरिएको थियो । त्यतिबेला ५ सय ७६ जना बिरामीले डायलाइसिस सेवा लिइरहँदा ३ सय ३ जना डायलाइसिस सेवाको प्रतीक्षामा थिए ।

अधिकारी पहिलोपटक मुख्यमन्त्री हुँदा भएको मन्त्रिपरिषद्को निर्णयअनुसार डायलाइसिस सेवा विस्तार गरेर २५ शड्ढया क्षमताको डायलाइसिस केन्द्र स्थापना, अन्य अस्पतालको क्षमता विस्तार गरेको कारण सेवाको लागि पर्खाइमा रहनेको संख्या शून्यमा झार्न सफल भएको सचिव डा.शर्माले बताए ।

डायलाइसिसका लागि हाल प्रदेशमा १ सय ३६ वटा मेसिन सञ्चालनमा छन

‘माननीय मुख्यमन्त्रीज्यूकै निर्णयबाट गण्डकी प्रदेशमा डायलाइसिस गर्नुपर्ने प्रतीक्षारत व्यक्तिको संख्या शून्यमा झार्ने प्रण गरिएको थियो, त्यसमा गण्डकी प्रदेशले विशेष फड्को मारेको छ । जुन राष्ट्रियरुपमा चर्चाको रुपमा आएको छ,’ उनले भने । डायलाइसिसका लागि हाल प्रदेशमा १ सय ३६ वटा मेसिन सञ्चालनमा छन् ।

सचिव डा. शर्माले स्वास्थ्यतर्फको मन्त्रालयले हासिल गरेका उपलब्धि, कार्यगत संरचना, आगामी दिनमा गर्नुपर्ने कार्यबारे जानकारी गराएका थिए ।

विस्तारित ओपिडी सेवा बेनी अस्पताल म्याग्दी, लमजुङ अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, दमौली अस्पताल, स्याङ्जा अस्पताल र गोरखा अस्पतालमा सञ्चालनमा रहेको डा.शर्माले जानकारी दिए ।

जनशक्ति अभावमा सुचारु हुने नसकेका धौलागिरि अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल कास्की, मातृशिशु मितेरी अस्पताल, मुस्ताङ अस्पताल र मनाङ अस्पतालमा सुचारु गर्ने प्रक्रियामा मन्त्रालय रहेको उनले स्पष्ट पारे ।

मन्त्रालयगतरुपमा भएका गतिविधिको बारेमा जानकारी लिएपछि मुख्यमन्त्री अधिकारीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । स्वास्थ्य क्षेत्रमा काम गर्नेले गर्व गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री अधिकारीले आफू संघीय सरकारको स्वास्थ्यमन्त्री हुँदा तथा यस अगाडि मुख्यमन्त्री हुँदा सुरु गरेका महŒवपूर्ण कार्यक्रमबारे पनि अवगत गराएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width