पोखरा ६ मा साबुन बनाउने तालिम

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०८१
ward 6

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा सर्फ, भाडा धुने झोल साबुन बनाउन सिकाइएको थियो भने ८० जना महिलाको सहभागिता थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सासंद देवका पहारी त्रिपाठीले तालिम अत्यन्तै उपलव्धीमुलक रहेको बताउँदै यसलाई बजारीकरण गर्न सुझाव दिइन् । पहारीले तालिमपछि व्यवसाय प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिइन् । तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले साबुन बनाएर आर्थिक उपार्जनको माध्यम बनाउन आह्वान गरे । भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै