मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८१
birsingh

पोखरा । मेजर वीरसिंह गुरुङको १२२ औं जन्मजयन्ती मंगलबार पोखरामा मनाइएको छ । मेजर वीरसिंह स्मृति प्रतिष्ठानकोे ११ औं वार्षिक साधारणसभाकै सन्दर्भमा उनको जन्मजयन्ती मनाइएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठले मेजर वीरसिंहले पोखरा र पोखरेली समाजका लागि पुर्‍याएको योगदानको सदा कदर गर्नुपर्ने बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा वुद्धिबहादुर थापाले स्वास्थ्य सेवामा दक्षजनशक्तिको खाँचो भएको जनाउँदै मेजर वीरसिंहले थप गरेको सोल्जर्स बोर्ड अस्पताल अहिले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत हुनु ठूलो उपलब्धि भएको बताए ।

प्रतिष्ठान अध्यक्ष प्राडा कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, अमरसिंह मावि व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइराला, संस्थाका सचिव इन्द्रबहादुर गुरुङ, उपाध्यक्ष देवीराज गुरुङ लगायतले मेजर वीरसिंहले समाजमा पुर्‍याइएको योगदानको चर्चा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width