पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
53d61c81-57c8-465e-8b97-232d4f8ae35b

पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ ।

संस्थाले १९ देखि २५ वैशाखसम्म जेसीज सप्ताहको समापन संस्थाको सचिवालय पोखरा ११, पुरानोधारा, रानिपौवामा भयो । समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पोखरा जेसीजको समुदायलक्षित कार्यक्रमले समुदायमा जेसीजको प्रभाव स्थापित भएको बताए । उनले जेसीज सदस्यको नेतृत्व समाज रूपान्तरणमा महत्वपूर्ण रहने बताए । बिवाईडी कार मुख्य प्रायोजक र ग्लोबल आइएमई बैंक सहप्रायोजक रहेको जेसीज सप्ताहको अन्तिम दिन गण्डकी युवा वक्ता कार्यक्रमको अन्तिम राउण्डको विजेतालाई पुरस्कृत गरियो । प्रथम हुन सफल बागलुङकी निरूता शर्मालाई १५ हजार साथमा ट्रफी र प्रमाणपत्र पाइन् । पोखराकी अदीति पराजुली दोस्रो, दीपाली भट्टराई तेस्रो र तनहुँका साक्षी वाग्ले सान्त्वना भइन् । उनीहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

समापनमा पोखरा लेडी जेसीज अध्यक्ष जेसी गायत्री फुँयाल, मिस पोखरा–२०१८ विजेता सारा बजिमय, त्रिवि एसोसिएट्स प्राडा भावना पोख्रेल, न्यू ग्यालेक्सी इङ्लिस स्कुल प्राडा रामजी शर्मा, पोखरा जेसीजका पूर्व अध्यक्ष सन्तोष शाही, बिवाइडी पोखरा तथा प्लग इन अटोमोबाइल्स प्रबन्ध निर्देशक ओम उपाध्याय, ग्लोबल आइएमी बैंकका गण्डकी प्रदेश प्रमुख शुशोभन देवकोटा, नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष, निरूपित, जेसी अमर घिमिरे लगायतले बोलेका थिए ।

जेसीज सप्ताह कार्यक्रममा मूल संयोजक श्रीकृष्ण सुनारले सात दिनका कार्यक्रमबारे प्रकाश पारे ।

पहिलो दिन १९ वैशाखमा रक्तदान कार्यक्रमबाट शुभारम्भ भएको जेसीज सप्ताहमा दोस्रो दिन पोखरा १० को कार्यालयमा महिला सशक्तीकरण तथा प्रभावकारी सार्वजनिक भाषणकला कार्यक्रम भएको थियो । तेस्रो दिन पोखरा पर्यटन बोर्डको कार्यालयमा ‘आर्थिक विकास समृद्विको आधार ः वर्तमान परिस्थिति चुनौती र सम्भावना’ विषयक प्यानल छलफल कार्यक्रम भएको थियो । चौथो दिन पोखरा ३३, थुममा निशुल्क स्वास्थ्य तथा दन्त शिविर र पाँचौं दिन पोखरा १८, स्थित मणिज्योति आधारभूत विद्यालयमा विद्यालय पोशाक, शैक्षिक र खेलकुद सामग्री र लाइब्रेरी स्तरोन्नतिका सामग्री हस्तान्तरण भयो । छैंटो दिन ट्राफिक सचेतना कार्यक्रम थियो भने सातौं दिन गण्डकी युवा वक्ता कार्यक्रमको फाइनल भएको पोखरा जेसीज महासचिव तिलकप्रसाद लामिछानेले बताए ।

जेसी इबिक कर्माचार्यले जेसीज सप्ताह कार्यक्रमको गतिविधिलाई समेटिएको भिडियो प्रदर्शन गरियो ।

पोखरा जेसीज अध्यक्ष जेसी देवराज शर्माको अध्यक्षतामा बसेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सन्दीप श्रीसले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा बजेटको सिद्धान्त र प्राथमिकता आज

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति भएलगत्तै प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवाललयले सूचना…
  • पोखरा मुग्लिन सडक विस्तार- पोखरा खण्डमा पिचको तयारी

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । निर्माणाधीन पोखरा मुग्लिन सडक विस्तार परियोजनाको पोखरा खण्डमा पिचको तयारी गरिएको छ । पछिल्लो समय तीव्रताका साथ काम…
  • ५२ दिनपछि पाण्डेको ‘कमब्याक’

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे ५२ दिनपछि गण्डकीको मुख्यमन्त्रीमा फर्किएका छन् । सर्वोच्च अदालतले…
  • प्रदेशका मन्त्रीले क्वाटरमै बुझे ५० लाख घुस !

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    गण्डकी प्रदेशका एक मन्त्रीले पदमा बहाल रहेकै बेला निवासमै बोलाएर बहुवर्षे योजनाका लागि ५० लाख रुपैयाँ बुझेको, बाँकी १० लाख…
  • रविचन्द्रलाई अन्नपूर्ण पर्यटन पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यस वर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८१ रविचन्द्र पराजुलीलाई प्रदान गरिने भएको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग