सफलको चिनीरहित दही बजारमा

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
sujal

पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन प्रशोधित दूधबाट नवीनतम होमोजेनाइजेसन र पाश्चराइजेशन प्रविधिबाट उत्पादन गरिन्छ । सफल सादा दहीमा ल्यटिक कल्चरको प्रयोग गरी बाक्लो र क्रिमयुक्त बनाइएको र जसले गर्दा बाक्लो र स्वादिलो हुन्छ ।

कम्पनीका अनुसार सफल सादा दही स्वस्थ र पौष्टिकताले भरिपूर्ण छ । ‘सफल सादा दहीमा कुनै अतिरिक्त चिनी छैन । नियमित उपभोक्ता, स्वास्थ सचेत व्यक्तिहरू, मधुमेह रोगी र गुलियो कम मनपराउने व्यक्तिहरुका लागि एकदम उतम छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सफल सादा दहीले पाचन शक्ति बढाउँने, रगतमा चिनीको मात्रा कायम राने र शरीरको तौललाई पनि सन्तुलित राख्न सहयोग पुर्‍याउने कम्पनीको दाबी छ । सफल सादा दहीबाट नेपाली संस्कृतिमा प्रचलित स्वादिष्ट परिकार लस्सी, चुकौनी, सिकर्नी, राइता बनाउन सकिन्छ ।

यो दही बजारमा आधार लिटरको पाउँच ८५ रुपैयाँ, आधा लिटर बट्टाको १ सय र १ लिटर बट्टाको १ सय ९० रुपैयाँमा उपलब्ध छ ।

Related News

सम्बन्धित समाचार

hero news full width