गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
Gandaki Pradesh Sabha parle

पोखरा । गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल सकिएपछि सभामुख कृष्णप्रसाद घितालले ३० मिनेटका लागि स्थगित गरेका हुन् ।

छलफलमा कांग्रेसका सुरेन्द्रराज पाण्डे, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङले भनाइ राखेका थिए ।

तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि चैत २५ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनको नियुक्तिविरुद्ध चैत २७ गते सर्वोच्चमा रिट परेको थियो । उक्त रिट सर्वोच्चले वैशाख १७ गते खारेज गरिदिएपछि विश्वासको मतका लागि बाटो खुलेको हो । त्यसैको प्रयोजनका लागि आज प्रदेश सभाको बैठक सुरु भएको हो ।
६० सदस्यीय प्रदेश सभामा सभामुख समेत संख्या गनेर वहुमतको दाबी गरेर मुख्यमन्त्री नियुक्तिका लागि अधिकारीदे दाबी पेस गरेका थिए । सभामुख तटस्थ रहने भन्दै उनलाई गनेर बहुमत नपुग्ने दाबीसहित कांग्रेसले रिट हालेको थियो ।

सभामुखलाई नगन्दा ५९ संख्या कायम रहने र त्यसको बहुमत ३० हुने व्याख्या सर्वोच्चले गरिदिएपछि अहिले प्रदेशमा विवाद सिर्जना भएको छ । यसैलाई आधार मानेर सभामुखले सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । जसको कांग्रेसले विरोध गर्दै आएको छ ।

२२ सदस्य रहेको एमालले माओवादीको ८ र स्वतन्त्र सांसद एक गरी ३१ संख्या पु¥याएर प्रदेश प्रमुखकोमा पुगेका थिए । निर्णायक भूमिकामा रहेको राप्रपा तटस्थ बस्ने भएको छ । कांग्रेससँग २७ सिट छ ।

Related News

सम्बन्धित समाचार

hero news full width