गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
gbs training

पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर दुखी छ ।

खुसी हुनु यस्तो नैसर्गिक कला हो, जसलाई अभ्यासबाट बढाउन सकिन्छ । यही परिप्रेक्ष्यमा गण्डकी बोर्डिङ स्कुलले आफ्ना शिक्षकलाई यस्तो तालिमको चाँजोपाँजो मिलाएको छ ।

२ दिनसम्म चल्ने तालिममा विद्यालयका करिब ७० जना शिक्षकले भाग लिएको विद्यालय प्राचार्य वीरेन्द्र खड्काले बताए ।

पहिलो दिन ‘खुसीको विज्ञान’ मा जीवनभर खुसी हुनेबारे व्यावहारिक अभ्यास गराइएको थियो भने सकारात्मक सोचको माध्यमबाट जीनवभर खुसी पैदा हुने अभ्यास गराइएको थियो ।

यस्तै, सुमधुर सम्बन्धबाट सामूहिक खुसीको सञ्चार गर्ने अभ्यास, खुसी हुने नियम, खुसीको ऊर्जा रहस्यबारे प्रशिक्षण दिइएको कार्यक्रम संयोजकमध्येका एक राजकुमार ढकालले बताए ।

तालिममा जीवन विज्ञान प्रशिक्षकहरु शिक्षा तथा विकास केन्द्रका संयोजक होमनाथ आचार्य, गण्डकी संयोजक शंकर पोखरेल, जीवन विज्ञान परिषद् गण्डकी संयोजक गंगालाल पोखरेल, शिक्षकहरु सुजाता पोखरेल र केदारनाथ अधिकारी छन् ।

प्रशिक्षणको उद्घाटन जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ केन्द्र कास्कीका प्रमुख लोकनाथ आचार्यले गरेका हुन् ।

दोस्रो दिन वार्षिक योजना लगायतबारे विद्यालयमै प्रशिक्षण दिइनेछ । तालिमको संयोजन शिक्षकहरु मावि सुपरभाइजर शान्तबहादुर विश्वकर्मा, होस्टल सुपरभाइजर राजकुमार ढकाल र खड्कराज अधिकारीले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width