मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०८१
manipal

पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई मोडलको एमआरआई मेसिनको कादुरी फाउन्डेसनका प्रतिनिधि कर्णेल एन्ड्रयु माइल्सले उद्घाटन गरे । कर्णेल माइल्सले १५ वर्ष पुरानो एमआरआई मेसिनलाई विस्थापन गर्दै नयाँ मेसिनको प्रयोग गर्नु खुसीको कुरा भएको बताए ।

नेपाली व्यवस्थापनले मनिपाल सञ्चालनमा ल्याएपछि नागरिकको सेवा र सुविधाको लागि पुरानो मेसिनलाई विस्थापित गर्दै एउटै प्रविधिमा महंगो रकम लगानी गरेकोमा मनिपाल पोखरा व्यवस्थापनलाई धन्यवाद समेत दिए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले बिरामीको उपचारमा सकारात्मक प्रभाव र विश्वासका लागि प्रत्येक विभाग र उपचार पद्धतिमा सुधार भइरहेको बताए ।

टेस्ला १.५ को एमआरआई मेसिनको सहायताले मानिसका शरीरका सबै भाग र अंगको सुक्ष्म अध्ययन गर्न सकिने अस्पतालको रेडियोलोजी विभागका प्रमुख प्राडा प्रकाश शर्माले जानकारी दिए ।

अस्पतालका बायो मेडिकल इन्जिनियर आषिश पराजुली १५ वर्ष पुरानो मेसिनले रोगको पहिचान गर्न समस्या भएकाले यो अत्याधुनिक मेसिन खरिद बताउँछन् । उनले यो मेसिन पोखरामै सबैभन्दा अत्याधुनिक र जेनियुन भएको पनि उनको दाबी छ । मुटु स्तन तथा अन्य कुनै पनि खालको अति गहन एमआरआइका लागि अब मनिपाल सक्षम रहेको पनि पराजुलीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width