स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८१
oplus_0

oplus_0

पोखरा । नेकपा (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएको छ । ३ दिन चल्ने प्रशिक्षण शनिबार सुरु भएको हो ।
प्रशिक्षणको पार्टी स्थायी कमिटी सदस्य थममाया थापाले उद्घाटन गरिन् । थापाले एमालेका नेतृत्वमा रहेका पालिकाहरू सुशासन र विकासका नमुना बनाउने उद्देश्यले प्रशिक्षण राखिएको बताइन् । आफ्नो पार्टीले पारदर्शिता र जवाफदेहिता सहितको विधिको सुशासनमा जोड दिँदै आएको र आफ्ना जनप्रतिनिधि त्यसमा अब्बल हुनुपर्ने मान्यता अनुरुप काम गर्न उनले आग्रह गरिन् ।

एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले पार्टी र जन–प्रतिनिधि बिचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य पूरा हुने भन्दै सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्न प्रशिक्षण फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जनताका काम थप मजबुत तवरले छिटो छरितो परिणाममुखी बनाउन सहजीकरण होस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए ।

एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, सचिव हर्कराज राई, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल सहितका नेताहरूले उक्त प्रशिक्षणमा सहजीकरण गर्ने सचिव दवाडीले बताए ।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख, उप– प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उप– प्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्षसहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको नेकपा एमाले गण्डकी प्रदेशका उप– सचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् ।

oplus_0

Related News

सम्बन्धित समाचार

hero news full width