क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
volleyball day 3.

पोखरा । जनकल्याण पोखरा–११ टिम प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा माछापुच्छ्रे गुराँसे भूमि घाचोकलाई ३–१ सेटमा हराउँदै उपाधि नजिक पुगेको हो । जनकल्याणले पहिलो सेट २५–१९ ले जिते पनि दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो र चौंथो सेट क्रमशः २५–१३ र २५–२१ सेटले जितेर उत्कृष्ट पुनरागमन गरेको हो । खेलमा जनकल्याणकै भूपेन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

यस्तै, दोस्रो सेमिफाइनलमा भने लाइट प्रोटेस्टका कारण स्थगित भयो । जिभिपी युके लन्डन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघबीचको उक्त खेल स्थगितपछि शनिबारमात्र हुने भलिबल संयोजक लामा अमृत गुरुङले बताए । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । त्यसअघि दोस्रो सेमिफाइनल तथा तेस्रो स्थानको लागि खेल हुनेछ ।

प्रतियोगितामा ९ टिमले भाग लिएका हुन् । समूह ‘ए’ बाट जनकल्याण पोखरा–११ समूह विजेता र माछापुच्छ्रे गाउँपालिका भलिबल संघ समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । समूह ‘बि’बाट जिभिपी विजेता र माछापुच्छ«े गुराँसे भूमि घाचोक समूह उपविजेता बन्दै अन्तिम ४ मा पुगेका थिए ।

विजेताले १ लाख २० हजार र उपविजेताले ८० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । तेस्रो हुने टिमले ४० हजार तथा सान्त्वनालाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नवीन पुनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width