मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८१
mardikhola saichhik

पोखरा । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७ सरकारी विद्यालयलाई शैक्षिक सामग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

प्रतिष्ठानले शुक्रबार एक कार्यक्रम आयोजना गरी ७ विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, विज्ञान सामग्री तथा पुस्तक गरी ९ लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । कक्षा १०, ११ र १२ मा अध्ययन गर्ने जेहेनदार ५ विद्यार्थीलाई २० हजार रुपैयाँका दरले १ लाखको छात्रवृत्ति प्रदान गरेको हो ।

निष्पक्ष मावि रिभानकी अस्मिता गिरी, वराह मावि भिंडावारीका अग्रसर लामिछाने, माछापुच्छ«े मावि भुर्जुङखोलाकी सरिता क्षेत्री, गौरीशंकर मनिलाल माविकी सबिना दाहाल र धारापानी मावि पाउदुरका रोहन परियारले छात्रवृत्ति प्राप्त गरेको प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए ।

निष्पक्ष मावि, वराह मावि, माछापुच्छे« मावि, शारदा मावि माछापुच्छ«े १, गौरीशंकर मनिलाल मावि, भारती भवन मावि र संगम मावि अन्नपूर्ण ६ चन्द्रकोटलाई ९ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको सचिव गिरीले बताए ।

वार्षिकोत्सवकै अवसरमा प्रतिष्ठानले गरेको हाजिरीजवाफ प्रतियोगितामा निष्पक्ष मावि प्रथम, माछापुच्छ«े मावि ढिकुरपोखरी द्वितीय, सिर्जना मावि सिम्पाली तृतीय र भारती भवन मावि सान्त्वना भए ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुृर गुरुङले राज्यले गर्नुपर्ने कार्यलाई प्रतिष्ठानले गरेकोमा आभार प्रकट गरे । माछापुच्छ«े गाउँपालिका ५ का अध्यक्ष नारायण पौडेल, वडा ६ का अध्यक्ष टेकनाथ गौतम, वराह माविका प्रधानाध्यापक मीनराज अधिकारी लगायतले बोलेका थिए ।
प्रतिष्ठानका सचिव डिल्लीराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका पूर्व कोषाध्यक्ष नरबहादुर गुरुङले स्वागत र कोषाध्यक्ष अनील लामिछानेले सञ्चालन गरेका थिए ।

मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य सुरु शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । संस्थापक डा. राम गिरी हाल जापानमा छन् । प्रतिष्ठानले पछिल्लो ५ वर्षमा शिक्षा क्षेत्रमा मात्रै ३१ लाखभन्दा बढी सहयोग गरेको दाबी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width