फिस्टेल एसइई कप २०८१ को तयारी

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
fishtail academy admin block

पोखरा । फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही ७ गतेबाट ९ गतेसम्म फिस्टेल एसइई कप २०८१ सञ्चालन गर्ने भएको छ । एसइई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीलाई लक्ष्य गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

यस प्रतियोगितामा छात्रतर्फ सेभेन ए साइड फुटबलमा जम्मा ३२ समूह छन् । यसैगरी छात्रातर्फ ३÷३ बास्केटबलमा ६ समूह सहभागी हुने छन् । प्रतियोगिता विद्यालयकै खेल मैदान तल्लो बिरौटा, पोखरा १७ मा सञ्चालन हुने छ । औपचारिक उद्घाटन जेठ ७ गते हुने भए पनि ५ गते शनिबारबाट नै उद्घाटनपूर्वका खेलहरू सञ्चालन हुने छन् ।

विसं २०५१ सालमा स्थापना भएको यस विद्यालयले पोखरा र समग्र राष्ट्रिय स्तरमा नै गुणस्तरीय शिक्षाका माध्यमबाट आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आइरहेको छ । एसइई २०७९ मा ४ जिपिएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयले विगत २ वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै एक मात्र प्रगतिशील विद्यालयका रूपमा अगाडि बढाउँदै आइरहेको छ । यो विद्यालय आईबी पिवाइपी प्रस्तावित विद्यालय समेत रहेको छ ।

शैक्षिक गुणस्तरका साथै विद्यार्थीहरूको शारीरिक एवं संवेगात्मक विकासका लागि यस विद्यालयले अतिरिक्त क्रियाकलापलाई निकै सशक्त रूपमा अगाडि बढाउँदै आइरहेको छ । गत मंसिर महिनामा विद्यालय स्तरको प्रतियोतिाअन्तर्गत निकै ठूलो पुरस्कार राशि रहेको ‘फिस्टेल स्पोर्ट फेस्ट २०८०’ सम्पन्न गरेको छ । यसपटक प्रथम र द्वितीय पुरस्कार फुटबलतर्फ व्रmमशः नगद १५ र १० हजार तथा बास्केटबलतर्फ व्रmमशः १० र ५ हजार नगदका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने प्रधानाध्यापक इन्द्रप्रसाद श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width